• २०७६ भदौ ८ गते, आइतबार
०४:५५ pm

जनकपुरमा युवा र वडाध्यक्षबीच झडप !

उनीहरुलाई बाँसको फट्टाले हान्दा हात र मुख तथा टाउकोमा गम्भिर चोट लागेको बताइएको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम । बाढीले क्षतिग्रस्त तराई मधेशका जिल्लाहरुमा राहतको आसामा पीडितहरु बेला पर्खिरहेका बेला युवा र वडाध्यक्षबीच झडप भएको छ । 


धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनपट्टिमा दुई पार्टीबीच झडप भएको हो । मँगलबार दिउँसो करिब ११ बजेको समयमा युवा र वडाध्यक्षबीच झडप भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष परमेश्वर यादवको पहलमा स्वास्थ्य शिविर चलिरहँदा नेकपाको तर्फबाट आएका केही कार्यकर्ताहरुले तोडफोड गरेपछि झडप भएको बताइएको छ । 

 

यता, गाउँमा बाढीले प्रलय मच्चाएपनि वडाध्यले अहिलेसम्म पीडितलाई हेर्न नगएको भन्दै वडाध्यक्ष यादव विरुद्ध मुर्दावादको नारा लगाएपछि उनका समर्थकहरुले कुटपिट गरेको आरोप लगाइएको छ । झडपको क्रममा ४ जना घाईते समेत भएको छ । सो क्रममा वडा नं. १७ कटरैतका राजबीर यादव, जीेतेन्द्र मुखिया, जयनाथ साह र एकको नाम भने खुल्न नसकेको हो । 


वडाध्य यादवले उनकै वडाका जनताहरु विस्थापित भएपनि एकपटक पनि हेर्न नगएकोले त्यस्ता शासन र जनप्रतिनीधि विरुद्ध नारावाजी गरेपछि आफूहरुलाई वडाध्यक्षले नै कुटपिट गरेको आरोप लगाए । जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आएका राजवीर यादवले भने, - "वडामा बाढीले वितण्डा मच्चाएको छ तर डेढ वर्षमा एक पटक पनि आफ्नो टोलमा आएको छैन, जितेपछि जनताको हालात के छ ? कसरी बाँचिरहेको छ ? के कस्तो समस्या छ भनेर समेत बुझन आएको छैन । अब यस्तो अवस्थामा हामीे जनप्रतिनीधिलाई खोज्ने पनि हक छैन ? खुलेर विरोध गर्ने पनि हक अधिकार छैन ? वडाध्यक्ष परमेश्वर यादवले स्वयंम कुटपिट गरे ।" 


यता, यस आरोप सम्बन्धमा न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष यादवले बाढी पीडितहरुलाई केन्द्रीत गरी वडा नं. १७ कै कनकपट्टिमा आयोजना गरिएको स्वास्थ्य शिविरको क्रममा उनीहरुले राजनीतिक दलीय हिसाबले विरोध तथा तोडफोड गरेपछि स्थानीयहरुले हातपात गरेको दाबी गरे । स्वास्थ्य शिविर चलिरहेको बेला नेकपाका कार्यकर्ताहरु आएर आफूविरुद्ध मुर्दावादको नारा लगाएको जनाउँदै उनले नारावाजी किन र माग के भनेर बुझ्न बारम्बार आग्रह गरेको उनले बताए । 


तर, उनीहरुले भौतिक समाग्रीमा क्षति पुरयाउन थालेपछि स्थानीय वासिन्दाहरुले नै उनीहरुलाई हातपात गरेको दाबी वडाध्यक्ष यादवले गरे । सो क्रममा विरोधकर्ताहरुलाई स्थानीयहरुले लखेटी  लखेटी कुटपिट गरेको आरोप लगाइएको छ । उनीहरुलाई बाँसको फट्टाले हान्दा हात र मुख तथा टाउकोमा गम्भिर चोट लागेको बताइएको छ । उनीहरुको उपचार भने जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस