प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मको १ महिनाको तलब बाढी पीडितको नाम

केही दिन यताको अविरल वर्षापछिको बाढीले तराई मधेशको विभिन्न नदी आसपासका बस्तीहरुमा वितण्डा मचाएको छ ।

२०७६ असार ३१ मंगलबार
दिउसो १२:३५ बजे
न्यूज ब्यूरो, प्रदेश २

न्यूज ब्यूरो, जनकपुरधाम । अविरल रुपमा परेको वर्षा र त्यसपछिको विनाशकारी बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ सरकारका मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले १ महिनाको तलब दान गर्ने भएको छ ।

 

मन्त्री परिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । 

 

यसका साथै, साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरिएको छ ।

 

मन्त्री परिषद्ले बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । 

 

उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्नेछन् । प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने जनाइएको छ ।


  
प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यू हुनेको परिवारलाई ३/३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको गरिसकेको छ । केही दिन यताको अविरल वर्षापछिको बाढीले तराई मधेशको विभिन्न नदी आसपासका बस्तीहरुमा वितण्डा मचाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

१० मिनेट नबित्दै नेपाली बिषयको प्रश्नपत्र आउट

  • २०७६ असार ३१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । हिजोदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र १० मिनेटमै आउट भएको छ ।  चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न

पूरा पढ्नुहोस्

Bureau Menus

} }