• २०७६ भदौ ८ गते, आइतबार
०५:३४ pm

जनकपुरका राईजिंग स्टार अरुणकान्त को 'क्राईम डे' को टिजर रिलिज 

सुहागरातकै दिन आफ्नै दाजुलाई हत्या गरी फालेको वास्तविक घटनामा आधारित गरी भिडियो निर्माण गरिएको हो । 


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका राईजिंग स्टारको रुपमा रहेको अरुणकान्त यादव मैथिली देखि हिन्दी भाषाको फिल्मसम्म आफ्नो करियर अगाडी बढाएका छन् ।

 

सो क्रममा वास्तविक घटनामा आधारित इन्टेरनेटमा प्रशासरण हुने सर्ट मुवी अर्थात वेभ सेरिजमा देखिने भएको छ । कैयौं मैथिली, भोजपुरी गीति एल्बममा आफ्नो अभिनय दिएका अरुणकान्त हिन्दी फिल्म गल्तीमा समेत आफ्नो दमदार प्रस्तुति दिएपछि वेभ सेरिजको लागि पनि परफेक्ट देखिएका छन् । 

 

समाजिक सँजाल यूटयूब मार्फत मात्र प्रशासरण हुने सर्ट मुवीमा कुनै ठाउँको निश्चित घटनालाई मुवी मार्फत देखाइने अभिनेता यादवले जनाए । उनले भने, - "नेपाल र भारतको विभिन्न घटनाहरुलाई आधार बनाएर वेभ सेरिज निर्माण गरिनेछ । वेभ सेरिज भनेको एकपछि अर्को सर्ट मुवी (भिडियो) इन्टरनेट मार्फत प्रसारण गर्नु हो ।" 

 

क्राईम डे को टिजर हेर्नुहोस् ।

 

सोमबार युटयुब मार्फत टिजर रिलिज गर्दै भारत विहारको मधुवनी जिल्लाको एक वास्तविक घटनालाई दर्साएको बताए ।  आरबी ग्रुप इन्टरटेनमेन्टको बैनर मुनि निर्माण हुने वेभ सेरिजको पहिलो एपिसोडमा अरुणकान्त यादव सहित, विदया यादव र सँजना सिँह लीड अभिनय दिएका छन् । रिलिज गरिएको टिजरमा मधुबनीमा एक भाईले आफ्नै दाजूको हत्या गरिएको कथामा आधारित छ । सुहागरातकै दिन आफ्नै दाजुलाई हत्या गरी फालेको वास्तविक घटनामा आधारित गरी भिडियो निर्माण गरिएको हो । 


सो घटनामा दाईको लागि केटी हेर्न गएका उनका भाईले स्वयंम आफ्नै लागि केटी पसन्द गर्छन र दाईलाई अर्कीसँग विहे गर्न भनेपनि अभिभावकले नजरन्दाज गरिदिएपछि विहे गरेर ल्याएका बेहुलीसँग सुहागरातकै राती आफ्नै दाईलाई हत्या गरेको घटनालाई प्रकाश पारिएको छ । रँजित रायको निर्देशन तथा सुरेन्द्र कुमार रायको प्रोडक्सनमा निर्माण भएको वेभ सेरिजमा ह्यारीले क्यामेरा सम्हालेका छन् भने लक्ष्मी सिँहले मेकअप गरेकी छन् । 


क्राईम डे मा बलराम यादव, जय कुमार कापर, लक्ष्मण मण्डल, सँजय यादव, लक्ष्मण मुखिया, अशोक सिँह र दिपु यादवले अभियन यदएका छन् ।  


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस