धनुषा : मुसहरी टोलका ६ दर्जन बाढी पीडित राहतको पर्खाईमा भोकै

प्रहरी नीरिक्षक रामकुमार यादवले राहत स्वरुप भुजा र चाउचाउ वितरण गरेका थिए ।

२०७६ असार ३० सोमबार
दिउसो २:३५ बजे
विनय कु. यादव, धनुषा

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दुई दर्जन घर परिवारका करिब ७० जना बढी बाढी पीडित राहतको पर्खाईमा भोकै बसेका छन् ।


धनुषाको  धनुषाधाम नगरपालिका वडा नं. १ स्थित मखन बाबा कुटि मुसहरी टोलका १६ घरधुरीको उठीवास भएको छ । ती १६ परिवारको करिब ७० जना पीडित राहतको पर्खाईमा भोकै बसेका छन् । राहतको पर्खाईमा सरोकारवालाको पर्खाईमा भोकै घर बाहिरै बस्न बाध्य भएका छन् ।  

 

साथै घरको चामल देखि सबै समान बाढीले भिजाएपछि उनीहरुको उठीवास भएको छ । मुसहरी टोलमा प्रत्येक वर्ष बाढीले वितण्डा मच्चाएपनि सकारको ध्यान नगएको गुनासो गरिउको छ । गत वर्ष चाईना सरकारले राहत प्रदान गरेको थियो ।


सोही क्षेत्रमा ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक रामकुमार यादवले राहत स्वरुप भुजा र चाउचाउ वितरण गरेका थिए । ईन्सपेक्टर यादवले भने, - 'अन्नपात समेत भिजेपछि यहाँका सर्वसाधारण भोकभोकै थिए, तत्काल मैले राहत बाँडेर उनीहरुको भोक टार्ने प्रयास गरे । यहाँ अझ मनकारी मन र राहतको आवश्यकता छ, यहाँका पीडितहरुलाई राहत उपलब्ध गराउन विभिन्न समाजसेवी लगायत निकायमा जानकारी गराएको छु ।'

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ असार ३० सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus