• २०७६ कार्तिक ६ गते, बुधबार



कमलाको छर्की फुट्यो : सिंगो गाउँ नै डुबानमा, ९ जना फसे !

उद्दार गर्न सशस्त्र प्रहरी को वाहिनीवाट थप उद्दार टोलि गइरहेको जानकारी दिए ।

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहाको सिमाको रुपमा रहेको कमला नदिको छर्की (भंंगालो) फुटेर एक गाउँ डुबानमा परेको छ ।


धनुषाको पुर्वी क्षेत्र कमला छेउमा रहेको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनरुवामा कमलाको छर्की फुटेर पानी पसेको धनुषाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ) प्रदिप कनेलले जनाए ।


कनेलका अनुसार, कमाला नदी किनारका ब्यक्ति लाई सतर्क र सुरक्षित स्थानमा रहन अनुरोध गरेको जनाउँदै कमला नदीको बाध माथिको भंगालो बाट नेपाली सेना र स्थानीय २ माझीले अ ४५ वर्षका बेदरु मुखियालाई सकुसल उद्दार गरेको जनाए ।

 

सोही क्रममा सहिद नगर न पा २ को वतराही को कमला नदिको भंगालो वाट ४ पुरुष र १ महिला, कमला न पा ७ को सोही भंगालोवाट ३ महिला र १ पुरुषलाई उद्दार गर्न सशस्त्र प्रहरी को वाहिनीवाट थप उद्दार टोलि गइरहेको जानकारी दिए ।


जनकनन्दिनी गा पा १ को कमाला नदीको भंगालो केही फुटी इनर्वा गाउँ डुवान परेको बताउदै प्रजिअ कनेलले जनकपुर अञ्चल अस्पताल र अन्य केही भाग डुवान भएकोमा सवै सुरक्षा निकाय र जउमनपाका सफाइकर्मी परिचालित भै पानी निकासमा सहयोग गरेको जनाए ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...