कमलाको बिचमै फसे मुखिया, हेलिकप्टरबाट उद्धारको तयारी !

सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको घर बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।

२०७६ असार २७ शुक्रबार
दिउसो ३:२३ बजे
बिनय यादव, सिरहा

न्यूज ब्यूरो, सिरहा । धनुषा र सिरहाको बिचमा रहेको कमला नदीमा रातिदेखि नै एकजना हारगुहार गर्दैछन् ।

 

सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय गुद्रु मुखिया रातिदेखी नै फसेका छन् । 

 

पहिलेदेखि नै कुटि बनाएर बस्दै आएका मुखिया आफनै घरमा सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको घर बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।

 

मुखिया विहीबार रातिदेखि नै रुखमा चढेर हारगुहार मागिरहेको छ । यता, जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल थालिएपनी उद्धारमा समस्या भएको जनाएको छ ।

 

उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । भारी वर्षा भइरहेको कारण उधार गर्न कठिनाई भएको बताएको छ भने उनको उधारको लागि हेलिकप्टर मगाइने भएको छ ।

 

वर्षा र अत्यधिक बाढीका कारण उद्धार गर्न कठिनाई भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए । 

 

उनले उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा अत्यधिक बाढी रहेका कारण उद्धारमा समस्या भएपछि हेलिकप्टर मगाएर उद्धार गरिने तयारी गरिएको जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७६ असार २७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }