• २०७६ कार्तिक ६ गते, बुधबार



विपि कोईराला धरान अस्पतालका उपकुलपति र एक डाक्टर ८ लाख घुससहित पक्राउ 

उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । 


न्यूज ब्यूरो ।  वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित रँगेहात पक्राउ परेका छन् ।


उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुसरिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । 


उपकुलपति राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित उपकुलपतिकै निवास  धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोईरालाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...