बर्दिवासको सामुदायिक सर्पदंश केन्द्रलाई लक्ष्मी बैंकको सहयोग 

बिभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा त्यहाँ सामुदायिक सर्पदंश केन्द्र सञ्चालन भईरहेको छ ।

२०७६ असार २६ बिहीबार
बेलुकी ७:५८ बजे
न्यूज ब्यूरो | नेपाल
तस्विरः दीपक कर्ण


न्यूज ब्यूरो ।  महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–३ स्थित गौरीडाँडामा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंक लिमिटेडले करिव ३ लाख बराबरको स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । 


सर्पदंशका बिरामीहरुलाई सेवा दिंदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्र्तगत बिहीबार एक थान इलेक्ट्रिक अक्सिजन,आइसियु साईडबेड मनिटर र आइसियु बेड हस्तान्तरण गरेको छ । 


सहयोग हस्तान्तरण कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले गौरीडाँडामा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई नगरपालिकाले पनि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई बैंकको तर्फबाट सहयोग गर्दै लक्ष्मी बैंक प्रदेश नम्बर २ का प्रमुख उज्जवल घिमिरेले आगामी दिनहरुमा आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए । 

 

जटिल प्रकृतिको बिरामी आउँदा सर्पदंश उपचार केन्द्रले उनीहरुलाई अन्यत्र पठाउनुपर्ने बाध्यता भएकाले लक्ष्मी बैंकले स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको बैंकका जनकपुरधाम प्रमुख अमित कर्णले बताए । बिभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा त्यहाँ सामुदायिक सर्पदंश केन्द्र सञ्चालन भईरहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ असार २६ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus