सप्तरीमा १ बालिका उपर सामूहिक बलात्कार, पीडित परिवारको ज्यान खतरामा !

सामूहिक बलात्कारको घटनाबारे प्रहरीमा उजुरी दिएपछि आरोपितहरुको परिवारबाट झनै दबाव आउन थालेको छ ।

२०७६ असार २६ बिहीबार
बेलुकी ६:५२ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक १२ वर्षीया बालिका उपर सामूहिक बलात्कार भएको छ । घटना भएको एक सातापछि उजुरी परेपछि उक्त बलात्कारको घटना सार्वजनिक भएको हो । 

 

पीडित पक्ष उजुरी लिएर शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरीमा आएपछि घटना बाहिर आएको सप्तरी प्रहरीले जनाएको छ । दाई नाता पर्ने किशोरसहित अन्ये चार जनाले ती बालिकालाई बलात्कार गरेको खुल्न आएको छ । गाई चराउन जंगल गएकी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ की बालिका असार १८ गते बलात्कारमा परेकी हुन् । मुखमा रुमालले बाँधेर घिस्याउँदै घारीतर्फ लगेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् ।

 

पीडितकी आमाले दिएको उजुरी र बालिकाको बयानपछि पीडितको स्वास्थ्य परिक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । आरोपीहरुको उमेर पनि १८, १७, १५ र १२ वर्षको छ । चारै जना आरोपीहरु फरार रहेकोले खोजीकार्य भइरहेको छ ।

 

पारिवारिक दवावका कारण उजुरीमा दाजुको नाम उल्लेख नगरिए पनि पीडितले बयानमा भने उनको नाम किटानी गरेकी छन् । दाजुबाट नै अन्य आरोपीको नाम खुलेको पीडित तर्फका कानुन व्यावसायीले जानकारी दिए । 

 

पीडितका दाई नाता पर्ने सबैभन्दा कम उमेर १२ वर्षका छन् । दवाव, अज्ञानता र लोकलाजका कारण पीडित परिवारले घटनालाई लुकाएर राख्दा प्रमाण जुटाउन र दोषी पक्राउ गर्न समस्या भएको प्रहरीको भनाई छ ।  गाउँसमाजले नै घटना मिलाउने भनी उजुरी गर्न रोक लगाएकोले ढिलो भएको र उजुरी दिन आएपछि आरोपितहरू गाउँबाट भागेको पीडितकी आमालाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।


सामूहिक बलात्कार घटनाबारे प्रहरीमा उजुरी दिएपछि आरोपितहरुको परिवारबाट झनै दबाव आउन थालेको र जिउ ज्यानमा असुरक्षा भएको भन्दै पीडित परिवार सुरक्षा माग्दै आज राजविराज प्रहरीमा पुगेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ असार २६ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus