ईन्जीनीयरले मागे ७ लाख घुस, ठेकेदारहरुले हाने नगरपालिकामा ताला 

मेयर विजय शंकर साह, उपमेयर निलु देवी कापर र ईन्जिनीयर रँजित यादवले अटेरी गर्दै आएको आरोप

२०७६ असार २६ बिहीबार
बेलुकी ५:५२ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो । धनुषाको एक नगरपालिकामा ईन्जिनीयरले ७ लाख रुपैयाँ घुस मागेपछि खैलाबैला मच्चियो । 


धनुषाको सबैला नगरपालिकामा काम गराए वापत इन्जिनीयरले ७ लाख रुपैयाँ घुस मागेपछि असन्तुष्ट ठेकेदारले नगरपालिकामा ताला हानेपछि वितण्डा मच्चियो । ठेकेदार ब्रम्हदेव साहले नगरपालिकाबाट पाएको योजनाको जिम्मेवारी पूर्णत सम्पन्न गरेपनि रकम निकासाको लागि अटेरी गर्दै आएको तथा आफूसँग नै ७ लाख रुपैयाँ घुस मागेपछि तालाबन्दी गरेको बताइएको छ । 


सबैला नगरपालिकाको वडा नं. ६ को कुशमाहा सप्तपोखर तथा वडा नं. ७ मखनाहामा पनि पीच निर्माण र नाल निर्माणको ठेक्का पाएका ठेकेदार साहले दुई वर्ष पूर्वदेखि नै काम गर्दै आएका थिए । केही काम गर्न बाँकी रहँदा समय उनलाई अवधी थप गरिएको थियो भने बाँकी काम अगाडी बढाउनको लागि रकम निकासाको लागि नगरपालिकामा जाँदा मेयर विजय शंकर साह, उपमेयर निलु देवी कापर र ईन्जिनीयर रँजित यादवले अटेरी गर्दै आएको आरोप उनले लगाएका छन् ।

 

दुबै ठाउका सडक र नाला निर्माणका लागि कुल ८६ लाख रुपैयाँको लागि लागत देखाएका थिए ।  मखनाहाको लागि ४२ लाख र कुशमाहाको लागि ४४ लाखको रकम लागतको प्रस्ताव गरिएकोमा  ठेकेदार साहले मखनाहाको बजेटमा १६ र कुशमाहाको बजेटमा मात्र ७ लाख आफू पाएको दाबी गरे । 

 

म्याद समाप्त भएपछी पनि मेयर साहले पैसा पाए मात्र काम अगाडि बढाउनु भनेर आश्वासन दिदा पनि १७ महिना देखि आफू नगरपालिकाको दौडधुप गरिरहेको उनले बताए । यता,  इन्जिनियर रंजित यादबले बजेटको सम्पुर्ण रकम भुक्तानी गराइदिने भनेर आफूसित ७ लाख घुस मागे जसमा साढे तीन लाख दिइसकेको पश्चात् पनि आफुलाइ कुनै रकम निकासा नगरेको आरोप लगाए । 

 

तालाबन्दी गरेपछी ईलाका प्रहरी कार्यालय सवैला,  नगरप्रमुख, उपप्रमुख सहित अन्य जनप्रतिनीधि र कार्यकारीहरुको रोहबरमा ताला खुलाइएको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तीनको लागि नेपाल भारत बोर्डर सील

  • २०७६ असार २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus