कोशीमा खतराको घण्टी, सर्तक रहन आग्रह !

यसका साथै उक्त क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई समेत तैनाथ रहन भनिएको हो ।

२०७६ असार २६ बिहीबार
दिउसो २:२१ बजे
न्यूज ब्यूरो
फाईल तस्विर


न्यूज ब्यूरो ।  अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९ सय सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।


 कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ ।

 

 विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ ।

 

बिहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा समेत अवरोध आउने बताएका छन् ।

 

 हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । धनुषा र सिरहाको सीमाको रुपमा रहेको कमला नदीमा समेत पानीको बहाब अचानक बढन सक्ने संकेत रहेको भन्दै कमला छेउका स्थानीयहरुलाई सर्तक  रहन आग्रह गरिएको छ । 


यसका साथै उक्त क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई समेत तैनाथ रहन भनिएको हो । कमला नदीमा बाढीका कारण ओहोर दोहोर गर्न पूर्वी धनुषा र पश्चिमी सिरहा बासिन्दा अर्थात हुलाकी सडक भएर यात्रा गर्ने यात्रुलाई काठको डुँगा बाहेक कुनै साधन भने छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७६ असार २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus