'धनुषाधाम वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ' 

वन क्षेत्रमा अहिले पनि २००  प्रजातीका लोपोन्मुख चराचुरुङ्गी रहेको दावी

२०७६ असार २६ बिहीबार
बिहान ०९:११ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो । धनुषाको ऐतिहासिक धनुषाधाम संरक्षित बनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

 

मिथिला वल्र्ड वाइड ट्रष्टले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले वनलाई पर्यटकीय क्षेत्रको विकास गर्न संघीय र प्रदेश सरकार आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका हुन् । डिभिजन वन कार्यालय जनकपुरका प्रमुख अशोक झाले यो वन ठूलो सम्भावना बोकेको र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकेमा ठूलो संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि रहेकी शहिदनगर नगरपालिकाकी उपमेयर शिला देवी कापरले वन संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास भएपछि यस क्षेत्रको विकासमा ठूला सघाउ पुग्ने बताइन् । उनले वन संरक्षण भए सर्पदंशका घटनामा समेत कमी आउने विश्वास व्यक्त गरिन् । वातावरण स्वच्छताका लागि सर्पको संरक्षण गर्न पनि जरुरी भएको उनको भनाई थियो ।


यस्तै आयोजक संस्थाका अध्यक्ष देवनारायण यादबले वन संरक्षणका साथ साथै पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना सुनाए । उनले वनका साथ साथ कला संस्कृति समेत जोगाउन सकिने बताए । उनले भने, ‘संघीय र प्रदेश सरकारबाट सहयोगको अपेक्षा राखेका छौं । कसैले सहयोग नगरे स्थानीय तहबाटै वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्ने योजना समेत बनाएका छौं ।’


 
अध्यक्ष यादबले विगतमा संरक्षण विहिन बनेको वनलाई जोगाउन अहिले सबै स्थानीय जनता लागि परेको बताए । ‘पहिले बनमा आगो लगाउनेहरु अहिले कतै कछुवा भेटिएमा वनको सिमसार क्षेत्रमा लगेर छाड्न थालेका छन्’, उनले भने, ‘अरु ठाउँमा वनको जग्गा अतिक्रमण हुन्छ । यहाँ वनको जग्गा छुट्याउँदा २० हेक्टर बढ्यो ।’ 


उनले वन क्षेत्रमा अहिले पनि २००  प्रजातीका लोपोन्मुख चराचुरुङ्गी रहेको दावी गरेका छन् । उनले वनभित्रै खुल्ला चिडियाखाना बनाउने कन्सेप्टका साथ अगाडी बढीरहेको सुनाए । भने, ‘अरु ठाउँमा पिचडामा जनावर राखिने गर्छ । तर यहाँ खुल्ला रुपमा जनावर राख्ने र पिछडाबाट अवलोकन गर्न सकिने खालको चिडियाखाना बनाउने सोच छ ।’ जनकपुर टुडेको सहयोगमा । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७६ असार २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }