• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

ईन्सपेक्टर खड्कालाई शहिदनगरको सम्मान सहित विदाई 

उनलाई दोसल्ला ओढाएर पनि सम्मान गरेका थिए । उनको कार्यकालमा नगरपालिकाको अपराध तथ्याँकमा न्यून्ता आएको छ । 


न्यूज ब्यूरोे । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित स्थापित ईलाका प्रहरी कार्यालय यदूकूहाका निवर्तमान प्रहरी नीरिक्षक भीम बहादुर खड्कालाई सम्मान सहित विदाई गरिएको छ । 

 

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरलाई शान्ति सुरक्षाको अनुभूति गराएको भन्दै उनलाई सम्मान गर्दै विदाई गरेका हुन्  । विगत एकवर्षदेखि शहिदनगर नगरपालिकालाई प्रहरी मेरो साथी र समाजसँग प्रहरी साँझेदारी अभियान अन्तर्गत नगरपालिकालाई विभिन्न तवरले सुरक्षा प्रदान गरेकोप्रति मेयर बरबरियाले कृतज्ञता प्रकट गर्दै विदाई गरे । 


विदाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झा, लेखा अधिकृत लोक बहादुर नेपाली ,वडा अध्यक्ष तनुकलाल कुसियैत, कम्प्युटर अपरेटर विष्णुदेव यादव, सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किसमान तामाङ लगायत शहिदनगर नगरपालिकाका सम्पुर्ण टिमद्वारा प्रहरी नीरिक्षक खण्डकालाई प्रशंसा पत्र सहित जानकी मन्दिर अंकित मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।

 

 

 खड्काले आम नागरिकको शान्ति सुरक्षा लगायत विभिन्न सामाजिक एवम् विकाश निर्माणको कामना ईमानदार एवम लगनशील भई सहयोग गरेको भन्दै उनलाई दोसल्ला ओढाएर पनि सम्मान गरेका थिए । उनको कार्यकालमा नगरपालिकाको अपराध तथ्याँकमा न्यून्ता आएको छ । 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस