जनकपुरमै खुल्यो सुविधा सम्पन्न 'रोयल मिथिला फूड प्यालेस'

जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी भएदेखि यहाँ होटल खुल्ने क्रम बढेको छ । 

२०७६ असार २३ सोमबार
दिउसो ४:५२ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी भएदेखि यहाँ होटल खुल्ने क्रम बढेको छ । 

 

होटल खुल्ने क्रम चलिरहँदा शुक्रबारबाट जनकपुरको पिडारी चोकमा रोयल मिथिला फूड प्यालेस नामक सुविधासम्पन्न होटल संचालनमा आएको छ ।

 

करोडौंको लगानीमा संचालन गरिएको होटलको उद्घाटन शुक्रबार विधिवत् रुपमा होटलका संचालक क्षिरेश्वरनाथ नगरपालिका–८ ईच्छापुर निवासी शिव शंकर सिंहका पिता रामविलास महतोले गरेका हुन् । 

 

यस क्षेत्रमा बाहिरबाट आउने पर्यटक, व्यवसायी, लगायतलाई उचित वासस्थानको व्यवस्थापन गर्ने सोचका साथ थप सुविधासहित होटल सञ्चालनमा ल्याइएको हो ।

 

होटलमा विवाह, सेमिनार, गोष्ठि, बिजनेस मिटिंग, फैमलि गैडरिंग, पार्किंग, बच्चाका लागि खेलकुद लगायतका लागि पर्याप्त सुविधा रहेको संचालक सिंहले जानकारी दिए ।

 

होटलको उद्घाटन समारोहमा धनुषा क्षेत्र ४ (ख) का प्रदेश सांसद शत्रुधन महतो, सवैला नगरपालिका मेयर विजय शंकर प्रसाद सिंह लगायत स्थानीय व्यापारी, उद्योगीहरु सहभागी थिए ।
 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ असार २३ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus