• २०७६ श्रावण १ गते, बुधबार
१२:१२ am

संतोष राज र सेलिना कुँवरको दुई गित 'T-Series' बाट रिलिज

विभिन्न भाषाका दर्जनौं गीती एल्बममा आफ्नो स्वर सजाएकी कुँवर र संगित तथा आवाज भरेका संतोष राजका दुबै गीतलाई श्रोताले निकै मन पराएका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । सिने जगतका ठूलठूला हस्तीहरुसँग काम गरिसकेका नेपालका संगितकार संतोष राज र चर्चित गायिका सेलिना कुँवरको दुई नयाँ भोजपुरी गीत विश्वकै ठूलो संगित कम्पनी टि–सिरिजबाट रिलिज भएको छ ।

 

उदित नारायण झा, कुमार सानु जस्ता हस्तीहरुसँग गीत गाइसकेकी गायिका कुँवर र थुप्रै सुपरस्टारहरुसँग काम गरिसकेका संगितकार तथा गायक संतोष राजको ‘कैशन प्यार र धुकुर धुकुर’ नामक दुई गीत भर्खरै टि–सिरिजबाट रिलिज गरिएको हो ।

 

स्व. गुलसन कुमारको विश्वको सबभन्दा ठूलो संगीत कम्पनी मानिएको टि–सिरिज कम्पनीद्धारा रिलिज यी दुई गीत मध्ये एक गीतमा संतोष राज र कुँवर तथा अर्को गीतमा गायिका कुँवर एक्लैले स्वर दिएकी छन् ।

 

दुबैजनाको स्वरमा रहेको ‘कैशनमा प्यार’ नामक गीतलाई चर्चित भारतीय गीतकार विनय विहारीको शब्दले सिंगारिएको छ भने मात्रै गायिका सेलिना कुँवरको स्वरमा रहेको ‘धुकुर धुकुर’ नामक गीतमा संतोष राजको शब्द रहेको छ ।

 

कैशन प्यार गीत जुलाई ६ शनिबार रिलिज गरिएको हो भने धुकुर धुकुर जुलाई ५ शुक्रबार रिलिज गरिएको हो । यी दुबै गीत चर्चित हमार भोजपुरी (hamaarbhojpuri) नामक यूट्युव च्यानलमा राखिएको छ ।

 

विभिन्न भाषाका दर्जनौं गीती एल्बममा आफ्नो स्वर सजाएकी कुँवर र संगित तथा आवाज भरेका संतोष राजका दुबै गीतलाई श्रोताले निकै मन पराएका छन् ।


संगित क्षेत्रमा निकै रुचाइएकी गायिका सेलिना कुँवर गायनमा उपल्लो तहका चर्चित सर्जकहरुसँग स्वर दिइसकेकी छन् भने संगितकार संतोष राज विभिन्न भाषाका सुपरस्टार हस्तीहरुसँग काम गरिसकेका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस