• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

राष्ट्रयसेवक सरकारी कर्मचारीलाई सम्मान 

कर्मचारी समाजको विकासको लागी वडा कार्यालय हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


न्यूज ब्यूरो ।   महोत्तरीको एक गाउँपालिकाका राष्ट्रसेवक सरकारी कर्मचारीहरुलाई एक समारोहबीच सम्मान गरिएको छ । 


महोत्तरीको पिपरा गाउँपालिका महोत्तरीको वडा नम्बर – ५ सहोड्वामा त्यस वडा अन्तर्गत कार्यालयहरुमा कार्यरत सरकारी कर्मचारीहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाको वडा नं. ५ का वडाध्यष शम्भु प्रसाद यादवको अध्यक्षता एवम्  शिक्षा शाखा प्रमुख राजकिशोर झाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहबीच उनीहरुलाई सम्मान गरिउको हो । 


सो क्रममा त्यस वडाको मा.वि. सहोड्वाका प्रधानाध्यापक तेज नारायण यादव, स्वास्थ्य चौकि प्रमुख रंधिर यादव, नि. मा. वि. हर्दियाको प्र.अ. तथा वडा सचिव बिनोद ठाकुर  तथा वडा नं. ५ का वडा सदस्य रतन मुखिया , राजेश्वर साह , राजकाली देवी , जितनी देवी महरा को विशेष अतिथ्यमा सम्पनन उक्त कार्यक्रममा गाउँपालिकाका सरकारी कर्मचारीहरुलाई सम्मान गरेको हो । 

 

समारोहको क्रममा कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झालाई वडाअध्यक्ष यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए । त्यसै गरी कार्यक्रममा आमन्त्रित अतिथि पिपरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत राजिब कुमार झालाई अध्यक्ष यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए ।


कार्यक्रममा वडा कार्यालयका २ जना , स्वास्थ्य सेवा तर्फका ६ जना ,  विधालय शिक्षक तथा कर्मचारी गरि ३२ ,अतिरिक्त हुलाक कार्यालय सहोडवा का २ जना गरि जम्मा ४२ जना कर्मचारीहरुलाई सरकारी सेवामा रही देश र जनताको सेवा गर्दै पु¥याउदै आएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान पत्रवाट सम्मानित गरीएको थियो ।

 

कार्यक्रममा आफ्नो मन्तव्य दिदै शिक्षा शाखा प्रमुख राजकिशोर झाले कर्मचारी वडाका पदाधिकारी हरुद्वारा स्वस्फुर्त रुपमा आयोजित उपरोक्त कार्यक्रमले राष्ट्र निर्माणमा कर्मचारीको भुमिका र वहन गर्ने गरेको जिम्मेवारीका वारेमा आफु आज पुर्ण रुपमा जानकार भएको महसुस गरेको बताए । 

 

सो कार्यक्रममा वडाअध्यक्ष यादवले कर्मचारीहरुले आफ्नो समाज र वर्ग उपरको चिन्तन र संवेदनशिलताले आफुलाई वडाको विकास गर्न गराउन थप उर्जा मिलेको बताए । उनले पिपरा गाउँपालिकाको विकास यात्रा र समृद्घीको रेखांकनको लागी कर्मचारीहरुलाई सदैब तयार रहन अनुरोध समेत गरे ।

 

 उनले वडा स्थित सम्पूर्ण कार्यालयहरुसँग सहकार्य गर्न तत्पर रहेको हुँदा कर्मचारी समाजको विकासको लागी वडा कार्यालय हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस