लहानमा बजाज एक्सचेन्ज मेला हुँदै, ग्राहकलाई 'उपहारै–उपहार'

मेलामा कुनैपनि ब्रान्डका पुरानो मोटरसाईकलको मूल्य प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार रुपैयासम्म बढी दिने जनाएको छ ।

२०७६ असार २० शुक्रबार
बेलुकी ६:१२ बजे

न्यूज ब्यूरो, सिरहा । नेपालमा सर्वाधिक रुचाइएको बजाज मोटरसाईकल कम्पनीले सिरहाको लहानमा ‘बजाज एक्सचेन्ज मेला’ गर्ने भएको छ ।

 

बजाज मोटरसाईकलको लहानका लागि आधिकारिक वितरक मनकामना ट्रेड लिंकले बजाज एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो ।

 

लामो समयदेखि ग्राहकमाझ विभिन्न अफरसहित सेवा प्रदान गर्दै आएका मनकामना ट्रेड लिंक लहानले ग्राहकहरुको डिमान्डलाई मध्यनजर गर्दै एक्सचेन्ज मेला गर्न लागेको पत्रकार सम्मेलन मार्फत् जनाएको छ । उक्त एक्सचेन्ज मेला यही असार २२ गतेदेखि २७ गतेसम्म हुन लागेको हो ।

 

बजाज शोरुम लहानले गर्न लागेको एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरहरू ल्याएर बजाजका मोटरसाईकलसँग साट्न पाउने शोरुमले जनाएको छ ।

 

सो एक्सचेन्ज मेलामा कुनैपनि ब्रान्डका पुरानो मोटरसाईकलको मूल्य प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार रुपैयासम्म बढी दिने मनकामना ट्रेड लिंकका प्रबन्ध निर्देशक शंकर चौधरीले जानकारी दिए । मेलामा कुनैपनि ब्रान्डका पुरानो मोटरसाईकल तथा स्कूटरको न्यूनतम मूल्य ३० हजार रुपैया लगाइने उनले जनाए ।

 

मेलालाई सफल बनाउन ग्राहकहरुका लागि आर्कषक छुट तथा गिफ्ट ह्याम्परसमेत राखिएको छ । हरेक दिन नयाँ मोटरसाईकल किन्ने भाग्यशाली ग्राहकलाई स्क्र्याच कुपन मार्फत् २५ हजारसम्म नगद छुट दिइने छ भने नयाँ मोटरसाईकल खरिद गर्दा लेग गार्ड, ल्यापटप ब्याग, हेलमेट, बाईक कभर जस्ता सामाग्री निःशुल्क उपलब्ध गराउने शोरुमले जनाएको छ । 

 

लामो समयदेखि ग्राहकमाझ लोकप्रीय रहेको मनकामना ट्रेड लिंकमा बजाज कम्पनीका डिस्कोभर १२५ डिजिटल डिस्क, डिस्कोभर १२५ डिजिटल ड्रम, पल्सर १५० यूजीफोर, पल्सर १५० टिपी, पल्सर २०० एस, पल्सर २२० एफ, प्लाटिना १०० ईएस, डिस्कोभर १२५ सिसी ड्रम ब्रेक, डोमिनर डि ४००, एभेन्जर १८० स्ट्रीट, एभेन्जर २२० सिसि, एभेन्जर २२० सिसि स्ट्रीट, पल्सर १६० एनएस, पल्सर १८० सिसि, भी १२–१२५, भी १५–१५० माडेलका मोटरसाईकलहरु उपलब्ध रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७६ असार २० शुक्रबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }