• २०७६ श्रावण १ गते, बुधबार
१२:०० am

गोईत समूहले थाले भ्रष्ट मधेशी कर्मचारीमाथि कारवाही, सिरहामा यी अधिकृतमाथि आक्रमण

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्देश्वर यादव उपर बिहीवार बेलुकी आक्रमण भएको हो ।

न्यूज ब्यूरो, सिरहा । जयकृष्ण गोईत समूहले भ्रष्ट मधेशी कर्मचारी उपर कारवाही अभियान थालेका छन् ।

 

गोईत नेतृत्वको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले शासकका दलाल मधेशी कर्मचारीको भ्रष्टाचार र घूसखोरीका कारण मधेश आक्रान्त बनेको आरोप लगाउँदै कारवाही अभियान थालेका हुन् ।

 

सो अभियान अन्तर्गत बिहीवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपर कारवाही गरिएको जनाएको छ । गाउँपालिका अधिकृत चन्देश्वर यादव उपर बिहीवार बेलुकी करिब साढे ५ तिर आक्रमण भएको हो ।

 

यस घटनाको मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले बिहीवार एक विज्ञप्ति जारी गरेर पुष्टि गरेको छ । अधिकृत यादव कार्यालयबाट घर गइरहेका बेला बाटोमा उनी उपर एक २ सय २० सिसिको पल्सर माटरसाईकलमा आएका २ जनाको एक समूहले छर्रा गोली प्रहार गरेको गाउँपालिकाका अध्यक्ष बल्लभ साहले न्यूज ब्यूरोलाई जानकारी दिए । उनको पाखुरामा छर्रा लागेको छ भने अवस्था सामान्य रहेको अध्यक्ष साहले बताए ।

 

मधेशी कर्मचारीहरुद्वारा पनि आम सेवाग्राही मधेशीहरु चरम शोषित, उत्पीडित र अपमानीत भएको भन्दै कारवाही अभियान थालेको समूहले विज्ञप्ति मार्फत् जनाएको छ । ‘शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा भ्राष्टाचारी, घूसखोर, आफूलाई पहाडी ठानेर सर्वसाधारण मधेशीलाई हेप्ने, हेला गर्ने अहंकारी मधेशी कर्मचारीमाथि जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले हदैसम्मको कारवाही सुरु गरेको छ ।’ गोईतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

गोईत समूहले मधेशी कर्मचारीहरुको भ्रष्टाचारी, घूसखोरी र हेपाहा प्रवृति जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कारवाही हुने चेतावनी दिएका छन् । 

 

यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) घूसखोर र हेपाहा प्रवृितका मधेशी कर्मचारीहरु नै हुने विज्ञप्ति मार्फत् जनाइएको छ ।

मधेशवानीको सहयोगमा तयार सामाग्री 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस