• २०७६ श्रावण १ गते, बुधबार
१२:४७ am

सप्तरीमा छोराद्धारा आफ्नै आमाको निर्ममतापूर्वक हत्या !

स्थानीयहरुका अनुसार जंगबहादुर मनोरोगी हुन् ।

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आफ्नै छोराद्धारा आमाको निर्ममतापूर्वक हत्या भएको छ । सप्तरीको सुृरुङा नगरपालिका १ चहकामा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेको हो ।

 

बिहीबार साँझ घरमा कोहि नभएको समयमा ३५ वर्षीय छोरा जंगबहादुर पुलामीले ६५ वर्षीया आमा धनमाया पुलामीको हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । 

 

धनमायाको शरीरको विभिन्न ठाउँमा खुकुरी प्रहार गरिएको जनाइएको छ । हत्याको कारण खुल्न भने खुल्न सकेको छैन ।

 

प्रहरीका अनुसार जंगबहादुरले मादक पदार्थ सेवन गरी आमामाथि खुकुरी प्रहार गरेका गरिएको बताइएको छ । स्थानीयहरुका अनुसार जंगबहादुर मनोरोगी हुन् । जसका कारण उनकी पत्नीले उनलाई छाडेर माइतमा बस्दै आएकी छन् ।

 

आमाको हत्या गर्ने जंगबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस