• २०७६ कार्तिक ६ गते, बुधबार



बीमाको रकम हात पार्न आफ्नै छोरीको हत्या !

बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए। 


न्यूज ब्यूरो । बिमाको रकम हात पार्न आफ्नै छोरीको हत्या गरेपछि रौतहटमा एक जना पक्राउ परेका छन् ।


 रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेपछि पक्राउ परेका हुन् । असार १७ गते आफ्नो घरबाट हराएकी लक्ष्मीको शव नजिकैको पोखरीमा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

 

पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउदा मृत्कको बालिकाको शरिरमा निल डाम देखिएपछि हत्या भएको हुनसक्ने आशंका साथ शुक्ष्म अनुशन्धान थालेका प्रहरीले शंकाको आधारमा र केही गोप्य सूचनाको आधारमा यादवलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय ल्याएका थिए । सोधपुछको क्रममा घटना आफूले घटाएको भन्दै स्वीकार गरेको यादवलाई प्रहरी पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजानिक गरेको हो ।   

 

प्रहरीका अनुसार गत जेठ १९ गते छोरीको एक बिमा कम्पनीमा ३० लाखको बिमा गराउन खोजे। तर कम्पनीले ३० खालको बिमा गर्न नमानेपछि उनले सोही कम्पनीमा छोरीको २५ लाखको बिमा गरेका थिए । बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले कम्पनीलाई बुझाइसकेका थिए। 

 

यो बीचमा उनलाई कसैले सुनाई दियो । बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा डबल (दुई गुणा) रुपैयाँ फिर्ता पाइन्छ। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ लाग्यो। कसैले भनेको यही कुरा छोरीको हत्याको कारण बन्यो । उनले छोरीलाई घरमै कुटपिट गरे र हत्या गरे। हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैले छोरी हराएको भन्दै प्रहरीमा खबर गरे।


हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहीता २०७४ को ज्यान कसुर सम्बन्धि मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...