• २०७६ श्रावण १ गते, बुधबार
१२:२१ am

जनकपुरको ३ स्कूलको SEE रिजल्ट नै आएनन, कर छुट गर्न सिडिओलाई ज्ञापन


न्यूज ब्यूरो ।  नेपाल तरुण दल जनकपुरधाम द्वारा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाइएको छ। 


SEE परिक्षा २०७५ को नतिजा प्रकाशित हुँदा जनकपुरकै कतिपय स्कुलको नतिजा छुटेको छ भने कतिपय को सिम्बल नम्बर हेरफेर भएको कारण रिजल्ट आउन नसकेको बताएका छन् । छुटेका नतिजा अबिलम्ब प्रकाशित गर्न तथा हेरफेर भएको सिम्बल नम्बर सच्चाउन ध्यानाकर्षण गराइएको छ भने पुस्तक मा लगाइएको कर फिर्ता लिन मांग गरिएको छ।

 

नेपाल तरुण दल जनकपुर नगर कार्यसमिति को उपाध्यक्ष सुभाष पाठक को नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । नेपाल तरुण दल जनकपुर नगर कार्यसमिति को सचिब भरत साह, कोषाध्यक्ष सुजित झा, सह( सचिब बलराम गुप्ता,जित नारायण साह, नगर सदस्य रवि यादव,अक्रम अलि, अमन सिंह,बलराम साह, अलि जाफर, राहुल राज यादव,दिपेन्द्र यादव लगायत का तरुण हरुको उपस्थिति रहेको थियो।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस