• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

खजुरीमा भएको मैत्रीपूर्ण फुटबलमा धबौली टीम विजयी 

यी मैत्रीपूर्ण खेल शुक्रबारसम्म चल्नेछ । धबौली, मुडिबा, खजुरी र गिद्धा गरी ४ टिम भाग लिएका छन् । 

Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा बुधबारदेखि सुरु भएको मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा धबौली टिम विजयी भएको छ । 

 

गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका हुन् । तोकिएको ९० मिनेटको खेलमा धबौली टिम र मुरिबा टिमबीच भएको खेलमा दुवैले १ १ गोलको बराबरी गरेपछि पेनाल्टी प्रणाली अपनाइएको थियो । 

 

पेनाल्टीको क्रममा धबौली टिमबाट ४ गोल तथा मुरिबा टिमबाट ३ गोल गरेपछि धबौली ४ ३ गोलान्तरले विजयी हाँसिल गरेको आयोजक सँस्था उज्वल नेपालका अध्यक्ष रोशन गोईतले जानकारी दिए । उनका अनुसार यी मैत्रीपूर्ण खेल शुक्रबारसम्म चल्नेछ । धबौली, मुडिबा, खजुरी र गिद्धा गरी ४ टिम भाग लिएका छन् । 

 

भोली विहिबार भने खजुरी  र गिद्धाबीच खेल हुने भएको छ भने विहिबार विजयी हुने टिमले धबौली टिमसँग प्रतिष्पर्धा गर्ने जनाइएको छ । खजुरीको प्रसाहा मैदानमा जारी उक्त टुर्नामेन्ट दिउँसो ४ बजेदेखि सुरु हुने जनाइएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस