नेकपा सिरहामा किचलो : प्रदेश कमिटीले आसेपासेलाई समितिमा राखेको भन्दै विरोध

छलफलबाट टुंगो लगाईएकाहरु मध्ये करिब आधालाई छाटकाट गरेर उनीहरूको भावनासँग खेलवाड गरेकोे भन्दै आक्रोश पोखे ।

२०७६ असार १७ मंगलबार
रति ९:३७ बजे

न्यूज ब्यूरो, सिरहा । नेकपा प्रदेश २ समितिले गरेको जिल्ला सदस्य चयनको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेकपा सम्वद्ध सिरहाका नेताहरु विरोधमा उत्रेका छन् ।

 

गत असार ११ गते प्रदेश २ समितिबाट सार्वजनिक गरिएको सिरहा जिल्ला लगायत अन्य ५ वटा जिल्लाका समितिका सदस्यहरुको नामाबली अन्तर्गत सिरहाका लागि टुंगो लागिसकेकाहरुलाई प्रदेश पदाधिकारीहरुले स्वेच्छाचारी ढंगले पदीय शक्तिलाई दुरुपयोग गरेर पाखा लगाई आसेपासेलाई समितिमा राखेको भन्दै विरोधमा उत्रेका हुन् ।

 

नेकपा सिरहाले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलनको आयोजन गरी पुराना पदाधिकारीहरु, सक्रिय, ईमान्दार सदस्यहरुलाई पार्टीबाट एकता प्रकृयामा आएका र समाहित भएकाहरुलाई पाखा लगाई क्रियाशिल नै नरहेका आफ्ना नातागोता, आसेपासेलाई विशेष प्राथमिकता दिई जिल्ला सदस्यहरुको छनौट गर्ने कार्यले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा नै गम्भिर असर पर्ने चेताएका छन् ।

 

पार्टीको छलफल र निष्कर्ष, परामर्शबाट आएको निर्णयलाई समेत वेवास्ता गरी प्रदेशको पदाधिकारीहरु विशेषत तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधित्व गरेका प्रदेश पदाधिकारीहरुले सर्वसहमतिबाट टुंगो लागेका कमरेडहरुलाई अन्तिम क्षणमा जिल्ला समितिबाट हटाई पदीय शक्तिको दुरुपयोग गरेको भनेर जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तो क्रियाशिल सदस्यहरुलाई तथा पार्टीमा आफ्नो पसिना लगाएका व्यक्तिहरुलाई स्थान नदिए पार्टीमा असरका साथै अन्ततः पार्टी नै विघटन हुने स्थिति उत्पन्न हुने भएकोले प्रदेश समितिको उक्त निर्णयलाई घोर भत्र्सना गरिएको छ ।

 

पत्रकार सम्मेलनको क्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सांसद जगत यादवले नेकपा प्रदेश अध्यक्ष प्रभु साह र सह ईन्चार्ज विश्वनाथ साहले पदीय शक्तिलाई दुरुपयोग गरी स्वेच्छाचारी ढंगले लामो छलफलबाट टुंगो लगाईएकाहरु मध्ये करिब आधालाई छाटकाट गरेर उनीहरूको भावनासँग खेलवाड गरेकोे भन्दै आक्रोश पोखे ।

 

सो क्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र पासवानले प्रदेश कमिटीका पदाधिकारीहरुको गैरजिम्मेवारपन र एकलौटी निर्णयले पार्टी नै विघटन हुने स्थिति उत्पन्न भएको भन्दै प्रदेश कमिटीको निर्णयप्रति आपत्ति जनाए । उनले पार्टीलाई बलियो बनाउन गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गरी गलती सच्याउन प्रदेश कमिटीसँग माग गरे ।

 

एकीकरण भएपछि बनेको नेकपा प्रदेश २ कार्यालयले सिरहा जिल्ला समितिका लागि एमालेबाट ८२ र माओवादी केन्द्रबाट ८१ गरी १६३ सदस्यको नामावली सार्वजनिक गरेको थियो ।

 

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, केन्द्रिय सदस्य तथा प्रदेश सांसद जगत यादव, नेकपाका प्रदेश समिति सदस्य एवं मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, कर्जन्हाका मेयर गंगा पासवान, सदस्यहरु मुक्ती सिंह, महेश यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेकोे थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७६ असार १७ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }