• २०७६ श्रावण १ गते, बुधबार
१२:०२ am

जनकपुरको स्वर्गद्धार बनाउने 'सिंघानीया' लाई प्रशासनमा उपस्थित हुन अल्टिमेटम !

कुनै जवाफ नदिएपछि उनलाई कागजात सहित नै उपस्थित हुन पत्राचार गरेको हो । 

 

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको अहिले प्रमुख आकर्षणको केन्द्र बनेको भूतनाथ मन्दिर अर्थात् स्वर्गद्धार बनाएपछि चर्चामा आएका समाजसेवी पवन सिंघानियालाई प्रशासनले पत्राचार गरेको छ । 


जनकपुरका मुरली मनोहर मिश्रले जिल्ला प्रशासन कार्यालय धनुषामा दिएको निवेदन अनुसार स्वर्गद्धार (भूतनाथ) मन्दिर नेपाल सरकारमा दर्ता भएको वा नभएको तथा केको आधारमा सँचालन भएको भनेर सूचना माग गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले चासो देखाएका हुन् ।


जिप्रका धनुषाले गरेको पत्राचारमा स्वर्गद्धारमा काम गर्दै आएका सिंघानीयालाई ती मन्दिर र स्वर्गद्धारीको सम्पूर्ण कागजात सहित उपस्थित हुन पत्राचार गरेको हो । स्वर्गद्धारी नेपाल सरकारबाट ईजाजत प्राप्त रहेको वा नरहेको भनेर जानकारी गराउन सिंघानीयलाई बारम्बार पत्राचार गरेपनि कुनै जवाफ नदिएपछि उनलाई कागजात सहित नै उपस्थित हुन पत्राचार गरेको हो । 

 

प्रशासनले काटेको पत्र
पत्र पाएको १ दिनभित्रै उनलाई उपस्थित हुन भनिएको छ । तोकेको समयमा उपस्थित नभए कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको हो । उक्त पत्र जिल्ला प्रहरी कार्यालय धनुषा, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी समाज जनकपुरलाई बोधार्थ गरिएको हो । स्वर्गद्धार अहिले जनकपुरको लागि मर्यादा र प्रतिष्ठाको विषयसँग जोडिएको हो । 


कुनै बेला बाटोमा हिडन समेत डराउने त्यो क्षेत्रमा सिंघानीयाको पहलमा भूतनाथ मन्दिरको निर्माण सहित स्वर्गद्धार बनाएपछि एकातर्फ शव जलिरहेको हुन्छ भने अर्कातर्फ मान्छेहरु सहजै बसेका हुन्छन् । सुन्दर बगैंचा बनाएर सिँगारिएको भूतनाथ मन्दिर जनकपुरको धरोहरको रुपमा पर्यटकीय स्थलको रुपमा पहिचान बनाउन सफल भएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस