• २०७६ श्रावण १ गते, बुधबार
१२:२३ am

सिरहामा भयानक म्याजिक दुर्घटना : ३ को मृत्यू, १२ घाईते, १ गम्भीर !

दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

न्यूज ब्यूरो, सिरहा । सिरहामा यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाईते भएका छन् ।

 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–११, स्थित पडरिया चोकमा आज (सोमबार) दिउँसो डेढ बजेतिर एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा भयानक दुर्घटना हुन पुगेको हो ।

 

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकलाई यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको लहान प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

 

घाईते १२ जना मध्ये १ को अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनीहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस