कान्छो मेयरद्धारा नगरवासीलाई जडीबुटी सहित तालिम पनि 

"एक घर पाँच योग, पाँच जडीबुटी"  मूल नारा सहित योग सम्बन्धी विभिन्न कार्यहरु गरेर नगरलाई योग सहित आयुर्वेदमा निर्भर बनाउने मिशनलाई हरियो झण्डी देखाएका छन् । 

२०७६ असार १६ सोमबार
बिहान ११:२८ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले योग गरेर जडिबुटीको विरुवा पनि वितरण गरेका छन् ।


नगरपालिकालाई स्वस्थ्य बनाउने उदेश्यका साथ मिशन थालेका मेयर बरबरियाले आयुर्वेद प्रतिको लगाव र लगानीलाई सँस्थागत गर्नको लागि नगरका जनताहरुलाई निःशुल्क रुपमा जडिवुटी वितरण गरेका छन् । सोमबार एक कार्यक्रमबीच मेयर बरबरियाले योगा गर्दै योग गरौं, निरोग बनौं नारा सहित जडिबुटी पनि वितरण गरेका छन् ।


शहिदनगर नगर पालिका आयुर्वेद शाखाद्धारा नगरपालिकाको वडा नं. २, ४, ७, ८ र ९ का स्वयम् सेबिका एवम् अनमीहरुलाई योग जडिबुटी सम्बन्धी अधारभुत तालीम समेत सँचालन गरेका छन् । अँग्रेजी औषधी भन्दा पनि आयुर्वेदको चाहना र महत्व बेग्लै रहेको जीकिर गर्दै आयूर्वेदबाट पनि नगरलाई स्वच्छ वातावरणका साथै स्वस्थ्य रहन मदत पुग्ने बताए । 


प्रत्येक वडामा योग शिविर स्थापना गर्ने ध्येय राखेका मेयर बरबरियाले प्रारम्भिक स्टेजमै विभिन्न वडामा "एक घर पाँच योग, पाँच जडीबुटी"  मूल नारा सहित योग सम्बन्धी विभिन्न कार्यहरु गरेर नगरलाई योग सहित आयुर्वेदमा निर्भर बनाउने मिशनलाई हरियो झण्डी देखाएका छन् । 

 

तालिम उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, कम्प्युटर अपरेटर विष्णुदेव यादव, लेखा अधिकृत, सचिव सहित ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी नीरिक्षक भीम बहादुर खण्डका, सशस्त्र प्रहरी बल यदूकूहाका प्रहरी नीरिक्षक किश्मान तामाँग सहित युवा, अगुवा, नागरिक समाजको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७६ असार १६ सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus