विवेकशील नेपाली दलविरुद्ध निर्वाचन आयोगमा पर्यो उजुरी, कारवाहीको माग

विवेकशील नेपाली दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै आयोगमा उजुरी दिएको हो ।

२०७६ असार १५ आइतबार
बेलुकी ६:५३ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ । 

 

नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी दिएको हो ।

 

युनियनको तर्फबाट केन्द्रीय सचिव डा. राम देव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन् । साथै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत भेटेर उजुरी बुझाएका छन् । 

 

‘विवेकशील नेपाली दल’ले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी रकम चुनावी प्रयोजनका लागि खर्च गरेको हुन सक्ने भएकाले यस विषयमा छानबिन र कारबाही हुनुपर्ने मागसहित यो उजुरी पेश गरेका छौं’ उजुरीमा भनिएको छ । 

 

नेपालमा २०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये २ करोड ५० लाख बूढानिलकण्ठ स्कूलको पूर्व विद्यार्थी समाज (सेब्स)मा जम्मा गरिएको देखिएको युनियनको भनाइ छ । साथै ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य सेब्सको वेबसाइटमा उल्लेख गरिएको तर बाँकी २ करोड १० लाख रुपैयाँको हिसाबकिताब कहीँकतै सार्वजनिक नगरिएको उजुरीमा उल्लेख गरिएको छ । विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा स्वयंले टेलिभिजन अन्तर्वार्ताहरुमा सेब्स नर्थ अमेरिका र अन्य केही गैरसरकारी संस्थाहरुबाट सहयोग लिएको स्वीकार गरेका थिए ।   

 

नेपाली कानुनअनुसार कुनै पनि स्वदेशी र विदेशी गैरसरकारी संस्थाबाट नेपाली राजनीतिक पार्टीले सहयोग लिन नपाउने व्यवस्था रहेको युनियनले आयोगलाई स्मरण गराएको छ । ‘नेपालमा राजनीतिक दलसम्बन्धी कानुनअनुसार विदेशबाट परोपकारी वा अन्य कुनै पनि किसिमको कामको लागि आएको रकम राजनीतिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था रहेको कुरा अवगत नै छ । अमेरिकी कानुनअनुसार पनि सामाजिक कार्यका लागि उठाइएको रकम कुनै पनि राजनीतिक पार्टीलाई सहयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यसरी नेपाली र अमेरिकी दुवै कानुनको उल्लङ्घन अमेरिकी नागरिक सिटौलाले गरेको पाइएको छ । अतः यस विषयमा पनि आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीपत्रमा भनिएको छ । 

 


किरण सिटौलाले निर्वा्चित सांसद तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नामै उल्लेख गरी बदनाम र बेइज्जती गर्ने मनसायले सामाजिक सञ्जालमा वक्त्तव्य राखेकोप्रति पनि गम्भिर ध्यानाकर्षण भएको युनियनको भनाइ छ । ‘अमेरिकी नागरिकले नेपालका सम्मानित राजनीतिक नेता तथा जनप्रतिनिधिको उपहास एवं अवमूल्यन गर्नु समग्र देशभक्त नेपालीहरुको स्वाभिमानमाथिको प्रहार भएको हाम्रो ठहर छ । त्यसैले यस विषयमा पनि हामीले सम्मानित निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीमा भनिएको छ ।  

 

नयाँ शक्ति विद्यार्थी युनियन तत्कालिन नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन हो । हाल नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएर समाजवादी पार्टी नेपाल गठन भइसकेको छ । तर, विद्यार्थी संगठनको भने एकता प्रक्रिया पूरा भइसकेको छैन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ असार १५ आइतबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }