• २०७६ मङ्सिर ७ गते, शनिबार



नेपालमा बैंकहरुको बिग मर्जरको प्रकृया अगाडी बढ्यो

बैंकहरुलाई सुढृण, सक्षम र सवल बनाउन, ती बैकहरुको संचालन आधारभुत रुपमा घटाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको उनले बताए ।

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको मर्जरको प्रकृया अगाडी बढाएको छ । बिहिबार बैंक तथा वित्तिय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुसंग बैठक गरि राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजानीक हुनु भन्दा पुर्व नै सबै बैंक तथा वित्तीय संस्थाहरुले मर्जरका लागि आफ्नो पाटनर खोजिसक्न निर्देशन दिएको हो ।

 

यही असार २५/२६ गते सम्ममा आर्थिक बर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजानीक हुदैछ । उक्त समय सम्ममा मर्जरमा जानको लागि आफु सुहाउँदो र सहज हुने बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा पेश गर्न गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका सिइओ र अध्क्षयहरुलाई निर्देशन दिएका छन् । 

 

गभर्नरले बजेटमा नै समावेश गरिएको बैंक तथा वित्तीय संस्थाहरुको गाभ्ने र गाभिने नीतिलाई राष्ट्र बैंकले मौद्रिक नीतिमा पुर्णता दिने बताएका हुन् । गभर्नर नेपाले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकार र राष्ट्र बैंकले आवश्यक सुविधा दिने तर मर्जरको प्रकृयाबाट जोगिन खोज्नेलाई कारवाही समेत गर्ने निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

 

नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने कुरालाई नै फोकस गरिरहेको छ प्रवक्ता निरौला भन्छन् ‘हामीले सबै वर्गको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति ल्याउन खोजेको हो । बैंकहरुलाई सुढृण, सक्षम र सवल बनाउन, ती बैकहरुको संचालन आधारभुत रुपमा घटाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको उनले बताए ।

 

यो भन्दा अगाडी पुँजीवृद्धिको नीतिमा बैंकहरु तथा वित्तिय संस्थाहरु मर्जर तथा एक्विजीसनमा गएका थिए । तर अब भने नेपाल सरकार र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीवृद्धिलाई नभएर संख्या घटाउनमा जोड दिएको छ । कमजोर जोखिम ब्यवस्थापन, तरलता समस्या, समग्र ऋणको बढ्दो जोखिम लगायतका समस्याहरुको समाधानका लागि मर्जरमा जानुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

 

हाल बैंकिङ क्षेत्र संस्थागत सुशासन तथा व्यवस्थापन राम्रोसंग नगर्ने, बैंकहरुमा खराब कर्जा बढ्नु, सीसीडीको पालना नगर्नु, स्प्रेड दर कायम नगर्ने, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा नदिने, सीआरआर पूरा नगर्नेे लगायत अस्वस्थ्य प्रतिस्पर्धा जस्ता समस्याले ग्रसित छ । यिनै समस्याहरुको समाधान खोज्दै राष्ट्र बैंकले बिज मर्जरको नीति ल्याउन खोजेको हो ।

 

केही समय अघि एक सार्वजानीक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि आफुलाई बैंकहरुबीच मर्जरको नीति लिनु पर्छ भन्ने सुझाव आउँदा आफुले निजी क्षेत्रलाई चलाउनु हुँदैन भनेको र अहिले बैंकको संख्या बढी हुँदा वित्तीय बजारमा अस्वस्थ्य प्रतिस्प्रधा हुने गरेको उल्लेख गर्दै बैंकहरुलाई मर्जरमा जाने वातावरण बनाउनु पर्ने बताएका थिए । त्यस यता बिग मर्जरले निकै चर्चा पाइरहेको थियो । तर अब भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन नै पाइसकेका छन् ।

 

मौद्रिक नीति भन्दा अगाडि मर्जरकोलागि पाटनर खोज्नुपर्ने गभर्नरको निर्देशनले बैंकिङ क्षेत्रमा हाल तरंग नै चलाएको छ । तर बैंकका सिइओहरु भने अहिले नै गभर्नरको निर्देशन कार्यन्यवन गर्ने नसकिने बताउछन । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय सस्थाहरु मर्जरको प्रकृयामा जाने भएता पनि मौद्रिक नीति भन्दा अगाडी पार्टनर खोजेर राष्ट्र बैंकमा पुग्न नसकिने प्रभु बैकका सिइयो अशोक शेरचनले बताए ।

 

गभर्नरको निर्देशन अलि चाँडो भएको भए बैंकहरुलाई सजह हुने विचार व्यक्त गर्दै उनी भन्छन् ‘ १ हप्ता बाँकी छ मौद्रिक नीति सार्वजानीक हुन, यति छोटो समयमा मर्जरको लागि पाटनर खोज्नु असम्भज छ ’ मौद्रिक नीति पश्चात भने बैंकहरुले मर्जरको सम्पुर्ण प्रकृयामा अगाडि बढ्ने उनको भनाई छ ।

 

केही बैंकहरु भने मर्जरको तयारीमा रहेका छन् । मर्जरका लागि केहीले राष्ट्र बैंकबाट स्वीकृति लिइसकेका छन् भने केही आफु सुहाउँदो बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्न तथा गाभिन आह्वान गरिहेका छन् । राष्ट्र बैंकले मर्जरको नीति ल्याउछ भनेर पुर्व अनुमान भएको कारण नै आफ्नो संस्था केही समय अगाडि देखि नै मर्जरको प्रकृयामा रहेको ओम डेभलप्मेन्ट बैंकका सिइओ विश्व मोहन अधिकारीले बताए । मौद्रिक नीति भन्दा अगाडि स्वेच्छाले बैंकहरु मर्जर भएको भएता पनि अब नयाँ मौद्रिक नीति पश्चात भने फोर्स मर्जकको नीति राष्ट्र बैंकले ल्याउने अनुमान उनको छ ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...