• २०७६ कार्तिक ६ गते, बुधबार



विकट ठाउँको सूचना सहि र समयमै सम्प्रेषण होस् : मेयर बरबरिया

सिकेको कुरालाई व्यवहारमा उतार्न तथा जीवनको उतार–चढावमा अनुभवलाई प्रयोग गर्न समेत आग्रह गरे । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले विकट ठाउँको सूचना, जानकारी सही र समयमै सम्प्रेषण हुनुपर्ने जीकिर गरेका छन् ।


पत्रकारिता तालिमलाई समापन गर्दै उनले आमसञ्चारको तालिम लिएर विकट नगरपालिकाको सूचनालाई सही समयमा सम्प्रेशन गरी आम सञ्चार माध्यमको सहयोगमा जन–जनमा पु¥याउन मदत पुग्ने विश्वास व्यक्त गरे । 


पूर्वी धनुषाको शहिदनगर नगरपालिकाका जागरुक युवाहरुको एक समुहलाई व्यक्तित्व बिकास तथा पत्रकारिता तालिम प्रदान गरिएको हो । शहिदनगर नगरपालिकाको सहयोग तथा हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजनामा आयोजित दुई दिने तालिमका सहभागिहरुलाई  प्रमाणपत्र वितरण गरी समापन गरिएको हो । 

 

हेल्पिङ्ग ह्याण्डस् नेपालका अध्यक्ष गोबिन्द महतोको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण तथा समापन समारोहमा बोल्दै प्रमुख अतिथि शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव)ले उनले सिकेर मात्र नहुने भएकोले सिकेको कुरालाई व्यवहारमा उतार्न तथा जीवनको उतार–चढावमा अनुभवलाई प्रयोग गर्न समेत आग्रह गरे । 


सहभागिहरुको तर्फबाट बोल्दै प्रशिक्षार्थीहरुले तालिमको माध्यमबाट व्यक्तित्व बिकास तथा आमसञ्चार माध्यमको विषयमा सिक्ने अवसर प्राप्त भएकोले खुशी व्यक्त गर्दै तालिमको प्रभावकारीताका लागि थप समय नगरपालिकासंग माग गरेका थिए । 


उनीहरुले तालिमको माध्यमबाट सञ्चार माध्यममा तथा समाजिक सञ्जाल (सोसल मिडिया) को माध्यमबाट विकट क्षेत्रको घटना परिकटनाालाई जनता माझ पस्किने प्रतिबद्धता व्यक्त गरे । 

 

यस्तै संस्थाका अध्यक्ष गोबिन्द महतोले तालिमको सुरुवा देखि अन्त्य सम्मको अवस्था प्रष्ठ पार्दै सिकेको ज्ञानलाई अन्य समाजमा रहेका व्यक्तिहरुलाई समेत सचेतनाका लागि ज्ञानको आदान प्रदान गर्न आग्रह गरे ।

 

 कार्यक्रममा सप्तशहिद बहुमुखी क्याम्पसका प्राध्यानाध्यापक प्रमोद कुमार कर्ण, नेकपा (माओवादी) नेता हलखोरी यादव सहितका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...