• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



शहिदनगरमा जारी फुटबल लिगमा यज्ञभूमिको फाईनल यात्रा

नगरपालिकाकै सहयोगमा उपमेयर कपको आयोजना गरी २५ जना खेलाडी छनौट गरिएको थियो । 

Loading...


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा जारी जिल्ला फुटबल लिग अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेल अन्तर्गत यज्ञभूमि टिम फाईनलको यात्रा गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल अन्तर्गत भएको सँयुक्त युवा परिवार र यज्ञभूमि युवा समाजबीचको खेलमा ३-२ गोलान्तरले फाईनल प्रवेश गरेका हुन् । 


जिल्ला फुटबल संघ धनुषाको आयोजना तथा शहिदनगर नगरपालिकाको समन्व्यमा जारी जिल्ला फुटबल लिग २०७६ को फाईनल खेल भने आगामी १६ गते सोमबार हुने आयोजक समितिले जनाएको छ । शहिदनगरका नगर प्रमुख (कान्छो मेयर ) उदय कुमार बरबरियालको सहयोग र समन्वयमा उक्त प्रतियोगिता सफलतापूर्वक संचालन भईरहेको जनाइएको छ । 


पहिलो सेमिफाईनल खेलमा यज्ञभूमि युवा समाजले ३ गोल गरेका थिए भने त्यसलाई पछयाउँदै सँयुक्त युवा परिवारले पनि २ गोल हानेका थिए । सँयुक्त युवा परिवारको तर्फबाट रबिन यादवले एक्लै २ गोल गर्न सफल भएका थिए । यादवलाई शुक्रबारको पहिलो सेमिफाईनल अन्तर्गत म्यान अफ द म्याचको उपाधी प्रदान गरेका थिए । 


उनलाई जिल्ला फुटबल सघ धनुषाका सदस्य अच्यूत्तम बरालले म्यान अफ दी म्याचको उपाधी प्रदान गरेका थिए ।  विभिन्न क्षेत्रमा बलियो हुँदै गरेका शहिदनगरमा खेलकूदबाट नगरपालिकाको नाम देशस्तरमा चिनाउने उदेश्यले धनुषा जिल्ला फुटबल लिगको आयोजना गरिएको हो । शहिदनगर नगरपालिकाको समन्वय तथा जिल्ला फुटबल संघ धनुषाको आयोजनामा धनुषा जिल्ला फुटबल लिग २०७६ को आयोजना गरिएको हो । 


गत जेठ २७ गतेदेखि सुरु भएको धनुषा जिल्ला फुटबल लिगमा धनुषा जिल्ला भरिका १० वटा दिग्गज फुटबल टीमहरुले सहभागीता जनाएका छन् भने आगामी सोमबार १६ गतेसम्म जारी रहनेगरी त्यही दिन लिगको फाईनल खेल हुनेछ । 


शहिदनगर नगरपालिकाले नगरपालिकाबाट २५ जना खेलाडी छनौट गरी प्रदेशस्तरीय प्रतिस्पर्धामा जुधाउने भनेर केही दिन अघि मात्र खेलाडी छनौट गरेको थियो । नगरपालिकाकै सहयोगमा उपमेयर कपको आयोजना गरी २५ जना खेलाडी छनौट गरिएको थियो । 



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...