• २०७६ असार ३१ गते, मंगलबार
११:५८ pm

धनुषाको क्षीरेश्वरनाथ नपाको बजेट ५७ करोड बढी

खर्च मध्ये चालुमा ३ करोड २७ लाख ९७ हजार र पुजिगत, सामाजिक सुरक्षा तथा अन्य कार्यक्रममा २१ करोड ३१ लख ५१ खर्च भएको छ ।


न्यूज ब्यूरो, धनुषा ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको आगामी आर्थि वर्षको बजेट ५७ करोड बढी प्रस्ताव गरिएको छ । 

 

नगरपालिकाको चौथो नगरसभा सुरु भएपछि एक समारोहबिच आर्थिक वर्ष २०७६/७७ को लागि ५७ करोड ५४ लाख ३६ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो ।  नगरप्रमुख योगेन्द्र पजियारको अध्यक्षता र व्यवस्थापिका सांसद तथा नेपाली काँग्रेस संसदिय दलका नेता राम सरोज यादवको प्रमुख आतिथीयमा नगरसभाको उदघाटन गरिएको हो ।

 

 नगरभामा अगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उक्त समारोहमा विशिष्ट अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादव, नगर उप प्रमुख रचना माथेमा, नि. प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण लगायत नगरका सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नगर प्रमुख पजियार आ.ब. २०७५।०७६ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिब ४८ करोड ३५ लाख ७७ हजार यस नगरपालिकामा आम्दनी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागी २४ करोड ५९ लाख ४८ हजार खर्च भएको जानकारी गराउनु भयो । 

 

खर्च मध्ये चालुमा ३ करोड २७ लाख ९७ हजार र पुजिगत, सामाजिक सुरक्षा तथा अन्य कार्यक्रममा २१ करोड ३१ लख ५१ खर्च भएको छ ।

 त्यस्तै आगामी आ.व. २०७६।०७७ को लागी ५७ करोड ५४ लाख ३२ हजारको बजेट पेश गरिएको छ । अनुमानित बजेटमा समानिकरण, सशर्त, तराई मधेश समृद्धि कार्यक्रम, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम, कृषि पुर्वाधार विकास कार्यक्रम, सम्पुरक तथा बिशेष अनुदान र निर्वाचन क्षेत्र ९स्थानिय पुर्वाधार विकास साझेदारी तथा आन्तरिक आय लगायत रहेका छन ।


 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी व्यवस्थापिका सांसद यादव विशेषगरी तराई क्षेत्रमा दिनानुदिन घटदै गएको पानिको सतह ले भविष्यमा विकराल रुपलिने भन्दै यसमा संघिय, प्रदेश र स्थानिय सरकार मिलेर भविष्यमा आउने विकराल रुपलाई समाधान गर्न सकिन्छ त्यस तर्फ जोड दिनु भएको थियो ।

 

 कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादव, खानेपानि अध्यक्ष राम जुलुम यादव, क्षिरेश्वरनाथ व्यपार संघका अध्यक्ष सुरेश प्रसाद यादव, कार्यपालिका सदस्य सोभा भण्डारी, वडा नम्बर १, ४, ७ र १० का वडाअध्यक्षहरु शुभकामना मन्तव्य राखेका थिए ।

 

साथै कार्यक्रममा आउनु भएका प्रमुख अतिथी, विशिष्ट अतिथीलाई नगर प्रमुख र उप प्रमुखबाट मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस