• २०७६ कार्तिक ६ गते, बुधबार



विदेह नपाको विद्यालयमा शिक्षकहरुको हडतालले पठनपाठन ठप्प 

यस सन्दर्भमा नगरपालिकाका मेयर बेचन दासले प्रतिक्रिया दिन चाहेनन भने वडाध्यक्षसँग सम्पर्क हुन सकेनन् । 

 

न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक विवाद हुँदै आएको धनुषाको विदेह नगरपालिकाको वडा नं. ६ स्थित रहेको जनता माविमा पठनपाठन ठप्प भएको छ । 


शिक्षकहरुले तलबभत्ताको माग गर्दै आन्दोलन थालेपछि विद्यार्थीहरुको पठनपाठन बन्द भएको हो । उनीहरुले विभिन्न माग राखी धर्नामा बसेपछि पठन पाठन पूर्णरुपमा ठप्प भएको विद्यालयका प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । नगरपालिकाले विद्यालयको बजेट रोक्का गरिदिएकोले शिक्षकहरु तलब नपाउँदा आन्दोलित भएका हुन् ।


शिक्षकहरुले विद्यालयको खाता फुकुवा गरी तलब भुक्तानी गर्नुपर्ने, विद्यालयमा राजनीति हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयलाई शान्ती क्षेत्र घोषणा गर्नुपर्ने, नीजि क्षेत्रका शिक्षकहरुको तलब तत्काल भुक्तानी गर्नुपर्ने, नमुना विद्यालयको प्रक्रिया सुरु गर्नुपर्ने, विद्यार्थीहरुको छात्रवृति, पाठयपुस्तक वितरण र दिवा खाजा वितरण तत्काल सुरु गर्नुपर्ने, विद्यालयको जग्गा जमिनको अतिक्रमण बन्द गर्नुपर्ने, नियम कानुन विपरित विद्यालयको पोखरी, हाट बजार लगाएको ठेक्का खारेज गर्नुपर्ने, शैक्षिक वातावरण कायम गर्नुपर्ने, नगरपालिकाले विद्यालयको उठाएका ठेक्का रकम तत्काल विद्यालयको खातामा जम्मा गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् । 

 

 यहाँका मेयर बेचन दासले कमिशन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए ।  मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी अगाडी गरेपछि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य बनेको उनले बताए । यसअघि पनि शिक्षकहरु आन्दोलन गरेका थिए ।

 


पटक पटक विवाद हुँदै आएको त्यस विद्यालयमा एकातर्फ स्थानीय सरकारको खीचातानी र स्थानीयहरुको खिचातानीका कारण पठनपाठन ठप्प हुने अवस्था सृजना भएको देखिएको छ । शिक्षकहरु नै आन्दोलनमा बसेपछि विद्यालयको अवस्था बिग्रीएको हो । यस सन्दर्भमा नगरपालिकाका मेयर बेचन दासले प्रतिक्रिया दिन चाहेनन भने वडाध्यक्षसँग सम्पर्क हुन सकेनन् । 


                                        

 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...