नेपाल युवा वैज्ञानिक शिखर सम्मेलनमा भारतदेखि अमेरिकासम्मका वैज्ञानिक

यस्ता कार्यक्रमहरुले अगामी दिनहरुमा अरु थुप्रै अविस्कारहरु गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

२०७६ असार ९ सोमबार
बिहान ११:२३ बजे
आभाष गुरु, काठमाडौं

न्यूज ब्यूरो, काठमाडौं । तेश्रो नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ । 

 

ब्रेनी क्यूब रिसर्च अर्गनाईजेशनको आयोजना तथा कन्फिडेन्स नेपाल र प्रभु पेको संयुक्त सहयोगमा काठमाडौंको कुपण्डोलस्थित पाटन कलेजको फार प्रोफेशनल स्टडीज सेमिनार हलमा आयोजन गरिएको कार्यक्रम आज (सोमबार) भव्यतापूर्वक सम्पन्न भएको हो ।

 

नेपाली युवा बैज्ञानिकको कलालाई पहिचान गरि अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने मुख्य उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक इंजीनियर आकाश देवले जनाए ।

 

सम्मेलनमा युवा बैज्ञानिकहरुले जीवशास्त्र, इंजीनियरिंग, भौतिक शास्त्रसँग सम्बन्धित विभिन्न किसिमको नयाँ नयाँ अविष्कार गरेको प्रोजेक्टहरू बैज्ञानिकहरूद्वारा प्रस्तुतिकरण गरिएको छ ।

 

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका आईटी विभागका निर्देशक डाक्टर बिरेन्द्र कुमार मिश्राको प्रमुख आतिथ्यतामा असार ७ र ८ गते गरि दुई दिने भएको सम्मेलनमा देशका ३५ बर्ष मुनिका बैज्ञानिकहरुले यस्ता कार्यक्रमहरुले अगामी दिनहरुमा अरु थुप्रै अविस्कारहरु गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी मिश्राले आयोजक संस्थालाई धन्यवाद दिदै नेपाली युवा बैज्ञानिकको स्तरोन्नतको लागी आफू सदैव सहयोग गरिरहने र सरकारलाई पनि यस विषयमा चासो लिन पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

 

कार्यक्रममा अमेरिका, मलेशिया, भारत गरी ४५ जना वैज्ञानिकहरूको सहभागिता थियो । 

 

बैज्ञानिकहरुले प्रतिपादन गरेका शोधपत्रहरूमा उच्च माध्यमिक स्तर तर्फ प्रथम, द्वित्तीय र तृतीय पुरुस्कार क्रमशः सफल श्रेष्ठ, ऋषि गुप्ता र नीरज अधिकारीलाई प्रदान गरिएको छ । विश्वविद्यालय स्तरमा मोईज खान र सुशान्त सापकोटा गोल्ड मेडलिस्ट भएका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ असार ९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus