छोरीहरुलाई यी नगरपालिकाले ३ सय साईकल वित्तरण गर्दै 

कक्षा ९ का छात्रालाई साईकल दिएपछि उनीहरुलाई कक्षा १२ सम्मपनि काम लाग्ने मेयर यादवले बताए ।

२०७६ असार ८ आइतबार
बेलुकी ६:४८ बजे
न्यूज ब्यूरो


न्यूज ब्यूरो, महोत्तरी ।  ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अनियान अन्तर्गत महतोत्तरीको लोहरपट्टी नगरपालिकाले ३ सय साईकल वित्तरण गर्ने भएको छ । 


नगरपालिका भित्र रहेका सम्पुर्ण माविमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साईकल वित्तरण गर्न लागिएको मेयर शैलेन्द्र कुमार यादवले जानकारि दिए । लोहरपट्टी नगरपालिकामा ५ वटा मावि स्तररिय सामुदायिक विद्यालय रहेको छ । त्यसमा करिव ३ सय छात्रा अध्ययनरत रहेकोले सबै छात्रालाई साईकल वित्तरण गरिने मेयर यादवले बताए ।


साईकल खरिद भईसकेको उल्लेख गर्दै मेयर यादवले अव केहि दिनमै साईकल वित्तरण गर्ने योजना रहेको बताए ।साईकल वित्तरणले छात्राहरुलाई पढाईप्रति आकर्षण बढने भन्दै मेयर यादवले प्रत्येक वर्ष कक्षा ९ का छात्रालाई साईकल वित्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

 

कक्षा ९ का छात्रालाई साईकल दिएपछि उनीहरुलाई कक्षा १२ सम्मपनि काम लाग्ने मेयर यादवले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }