• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

जनकपुरमा राउतद्धारा यादवलाई थप्पड !

अन्त्यमा सँचालक यादवले मात्र ३० हजार रुपैयाँ लिएर बच्चा र आमालाई डिस्चार्ज गरेको हो ।


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आईतबार एक अस्पतालका सँचालक उपर हातपात गरिएको छ । 


जनकपुरको विवाहमण्ड पछाडी रहेको आस्था हस्पिटलका सँचालक मुकेश यादवलाई युवाहरुको एक जमातले उनलाई हातपात गरेको हो । विरामी सँग अवैद्यानिक एवम् ठगी हिसाबले बिल बनाएको भन्दै आक्रोसित युवाहरुको एक जमातले यादवलाई हातपात गरेको हो । 

 

आस्था हस्पिटल प्रा.लि.मा प्रसुती गराउन पुगेकी एक महिलासँग  ५ लाख ठर्गी गर्ने प्रयास गरेको भन्दै नेपाली जनता दल सम्वद्ध मुन्जय राउतले अस्पताल सँचालक मुकेश यादवलाई थप्पड हानेको बताईएको छ । एक साता अघिकै प्रसव (डेलीभरी) गराउन गएकी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ कि ललिता साहसँग विना विल भपाईकै ५ लाख रुपैयाँ रकम दिनुपर्ने बताएपछि उनका परिवारजन युवाहरुको शरणमा गएका थिए । 

 

समाजवादी पार्टीका युवा नेता नविन यादवको समूहले यादव उपर हातपात गरेको बताइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता यादवले भने, - "मात्र ६ दिन अस्पतालमा बसीन्, उनको नर्मल डेलिभरी भयो, बच्चा पनि स्वस्थ्य नै हो । तर पनि अस्पतालले ६ दिनमै ५ लाख रुपैयाँ मागेपछि हामीहरु गएर कसरी ५ लाखको बिल भयो भनेर सोधेका थियौ । अस्पतालको अरिजनल बीलमा खर्च विवरण खुलाएर बिल दिन भनेपछि आनाकानी गरेको थियो र हातपात भयो ।" 

 

अन्त्यमा सँचालक यादवले मात्र ३० हजार रुपैयाँ लिएर बच्चा र आमालाई डिस्चार्ज गरेको हो ।

सुरुमा ६ लाख र त्यसपछि केही बेरमै ५ लाख ६५ हजारको बील बनाएर कागजमा ल्याएपछि युवाहरु आक्रोसित भएका थिए । बील कम गर्न तथा विवरण खुलाएर विल लिन भनेपछि अन्त्यमा पुनः सँचालक यादवले ४ लाख बढी रुपैयाँको बिल बनाएर कागजमा दिएपछि राउतले उनलाई थप्पड हानेका थिए । 

 

अस्पताल सँचालक यादवले विचौलिया मार्फत विरामीहरुलाई ठगी गर्ने उदेश्यले लगेर जथाभावी रुपमा रकम असुल ठगी गर्ने गरेको सूचना पाएपछि नविन यादवको नेतृत्वमा गएका युवाहरुले अस्पताल प्रशासन विरुद्ध नारावाजी समेत गरेका थिए । यादवले भने,- "सुरुमा हामीले नजिकै रहेको जानकी प्रहरी चौकीबाट प्रहरी मगाएर मुद्दा मिलाइदिन भनेका थियौ, त्यसपछि मुकेश यादवले तिमीहरु जानकी प्रहरी चौकीबाट प्रहरी मगाएर दादागिरी गर्न खोजेका छौं भने म जिल्लाबाट प्रहरी मगाउँछु भनेका थिए । त्यसपछि विवाद उग्र हुँदै गयो ।" 

 

अस्पतालको प्यान बिल दिन आग्रह गरेपनि नदिएको तथा आईन्दा ठगी नगर्ने भनेर बोन्ड बनाउन भनेपछि ६ लाख रुपैया तिर्नुपर्ने भनेपछि मुन्जय राउतले उनलाई थप्पड हानेका थिए । यस घटनालाई प्रहरीले समेत पुष्टि गरेको छ भने अस्पताल सँचालक मुकेश यादवसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस