मिर्चैयामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम

२०७६ असार ७ शनिबार
बेलुकी ५:११ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम सुरु भएको छ । 

 

मिर्चैया कटारी चोकस्थित रोयल पार्टी प्यालेसमा मिर्चैया नगरपालिकाको सहयोग तथा सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाको आयोजनामा घर गृहणी महिलाहरुको क्षमता अभिवृद्धि तथा सरसफाई फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम संचालन गरिएको हो ।

 

शनिवारदेखि संचालन भएको तालिममा वडा नं. ६ र ७ की ६० जनाबढी महिलाहरुलाई सहभागी गराइएको सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाका अध्यक्ष घनश्याम क्षेष्ठले जानकारी दिए ।

 

यस तालिमबाट नगरकी महिलाहरुको बौद्धिक क्षमता वृद्धि हुने र सरसफाईको महत्वबारे चेतना विकास हुने विश्वास गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus