• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

धनुषा सेवा समाज कत्तारको नयाँ कार्यसमिति चयन

धनुषा सेवा समाज कत्तारमा रहेका नेपाली मधेशीहरुलाई समस्या परेका बखत विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

न्यूज ब्यूरो, कत्तार । धनुषा सेवा समाज कत्तारको नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको शुक्रवार सम्पन्न छैठौं वार्षिक अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो । 

 

दोहास्थित ग्राण्ड मलको ह्वाईट हाउस रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट समाजको अध्यक्षमा मो. जामिर नदाफलाई चयन गरिएको छ भने उपाध्यक्षमा चन्द्रवीर यादवलाई चयन गरिएको छ । त्यसैगरी, द्वितीय उपाध्यक्षमा सुभाष साह, महासजिवमा देवेन्द्र ठाकुर, सचिवमा संदिप कुमार मण्डल, कोषाध्यक्षमा कालामुदिन राईन तथा अर्का कोषाध्यक्षमा कालेश्वर मण्डल र सभामुखमा मो. अलि हुसेन राईनलाई चयन गरिएको छ । 

 


त्यस्तै, समितिको सदस्यमा १४ जनालाई राखिएको छ भने निर्णायक समितिमा ६ जनालाई राखिएको छ । सल्लाहकारमा भने १ जनालाई चयन गरिएको समाजले जनाएको छ । 

 

यसअघिका समाजका अध्यक्ष सुनिल मण्डल स्वदेश फर्केपछि संस्था कार्यसमिति विहिन थियो । समाजका सम्पूर्ण सदस्य तथा दोहास्थित रहेका विभिन्न मधेशी संघ संगठनका प्रतिनिधिहरुको सहभागितामा नयाँ कार्यसमिति चयन गरिएको जनाइएको छ ।

 

धनुषा सेवा समाज कत्तारमा रहेका नेपाली मधेशीहरुलाई समस्या परेका बखत विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस