• २०७६ भदौ ८ गते, आइतबार
०४:४७ pm

विश्व योग दिवसमा मिर्चैयामा प्रभातफेरी, हरेक शिक्षालयमा योगा गराउन सुझाव

योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने भएकाले अनिवार्य रुपमा सबैले गर्नैपर्ने सुझाव दिए ।

न्यूज ब्यूरो, सिरहा । आज पाँचौ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ । विश्वभर विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइरहँदा सिरहाको मिर्चैयामा पनि भव्य रुपमा विश्व योग दिवस मनाइएको छ । 

 

विश्वविख्यात विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति मिर्चैयाले भारी सँख्यामा सहभागी ओरालेर भव्यताका साथ विश्व योग दिवस मनाएको हो ।

 

पतञ्जली योग समिति मिर्चैयाले विश्व योग दिवसको अवसरमा आयोजन गरेको कार्यक्रममा मिर्चैयामा ठूलो भिडसहितको बृहत र्याली प्रदर्शन गरिएको छ । ‘योग गरौं निरोग रहौं’ ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ लगायतका नाराका साथ भव्य परिक्रमा गरिएको छ ।

 

 

मिर्चैयाको श्री मोहन उमाविको प्रांगणबाट सुरु भएको र्याली मिर्चैया बजार लगायत नगरको विभिन्न भागको परिक्रमा गरी मिर्चैया मटियर्वा चोकनजिक निर्माणाधिन नगर योग भवनमा कोणसभा गरी सम्पन्न गरिएको थियो ।

 

पतञ्जली योग समिति मिर्चैयाले विश्व योग दिवसको अवसरमा आयोजन गरेको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुदेखि लिएर सर्वसाधारणसम्मले सानदार सहभागिता जनाएका छन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेश सांसद दिलीप साहले योगले समाजलाई हरेक दृष्टिकोणबाट विकासको दिसामा लैजाने विश्वास व्यक्त गर्दै सबैलाई हरेकदिन समय निकालेर भएपनि योगा गर्न आग्रह गरे ।

 

 

त्यस्तै, कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नगरप्रमुख श्रवण यादवले विकासको पूर्वाधारको मूल तत्वको रुपमा रहेको स्वास्थ्यलाई मूर्तरुप दिनको लागि विश्वविख्यात मानिएको योगलाई प्राथमिकतामा राखेर अघि बढेको जनाए । उनले नगरमा योग विस्तारको लागि नगर योग समितिलाई हरेक तवरबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

 

कार्यक्रममा वक्ताहरुले सबै विद्यालयमा हप्तामा एकघण्टी भएपनि योगा गराउन सुझाव दिएका छन् । योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने भएकाले अनिवार्य रुपमा सबैले गर्नैपर्ने सुझाव दिए ।

 

मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश सांसद दिलीप साह सहभागी थिए भने अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनाल, सशस्त्र प्रहरीका डिएसपी लगायतका सहभागी थिए ।

 

 

त्यसैगर, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, सल्लाहकार तथा सागरमाथा उमाविका प्रमुख प्रदीप तिवारी, योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, सचिव रामप्रताप यादव, मन्त्री संतोष महतो, सदस्य किशोरी साह, स्थानीय रामप्रताप साह भोला लगायत विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय ब्यापारी, बुद्धिजिवी, नागरिकसमाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको जोडदार सहभागिता थियो ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै समसामयिक र सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ । Email : [email protected] । उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस