सिरहामा लोकसेवा आयोगको विज्ञापन विरुद्ध प्रदर्शन !

बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ । 

२०७६ असार ५ बिहीबार
रति ९:०७ बजे

न्यूज ब्यूरो, सिरहा । लोकसेवा आयोगको विज्ञापन विरुद्ध सिरहामा प्रदर्शन गरिएको छ । कर्जन्हा युवा सँजालले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको बन्दिपुरमा प्रदर्शन गरेको हो । 

 

लोकसेवा आयोगले आरक्षण कोटा हटाएको भन्दै चौतर्फी विरोधका बाबजुद पनि सरकार आफ्नो अडान कायमै राखेपछि युवाहरु एक्सनमा उत्रिएका हुन् ।

 

लोकसेवा आयोगले समावेशी सिद्धान्तलाई खिल्ली उडाउँडै र विभेदपूर्ण बिज्ञापन निकालेको भन्दै विरोधमा उत्रिएको संजालका क्षेत्रलाल जीत सिंहले जानकारी दिए ।

 

लोकसेवा आयोगले जारी गरेको बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ । 

 

विरोध कार्यक्रममा युवाहरुको जोडदार सहभागिता थियो भने स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले पनि समर्थन जनाएका थिए ।

 

लोकसेवा आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ भने मधेशमा आन्दोलनका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus