• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

सहिदनगरलाई योगमैत्री बनाएर 'स्वस्थ सहिदनगर' बनाउँछु : कान्छो मेयर

सहिदनगरलाई ‘स्वस्थ सहिदनगर’ बनाउन लागिपरेको बताएका हुन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । विकासको मामिलामा प्रदेश २ मै अग्र मानिएका धनुषा सहिदनगर नगरपाकिलाका मेयर उदय कुमार बरबरिया यादवले शहिदनगरलाई योगमैत्री बनाउन लागिपरेको बताएका छन् । 

 

अन्तराष्ट्रिय योग दिवसको अवसरमा नगर आयुर्वेद शाखाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहिदनगरलाई ‘स्वस्थ सहिदनगर’ बनाउन लागिपरेको बताएका हुन् ।

 

मेयर बरबरियाले विकासको पूर्वाधारको मूल तत्वको रुपमा रहेको स्वास्थ्यलाई मूर्तरुप दिनको लागि विश्वविख्यात मानिएको योगलाई प्राथमिकतामा राखेर अघि बढेको जनाए । योगबाट रोग टाढा भाग्ने गरेको भन्दै योग मार्फत नगरलाई स्वस्थ्य बनाउने जिम्मेवारी आफ्नो काँधमा भएको थपे ।

 

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योग व्यायाम लगायत सरसफाई र बृक्षारोपन समेत गरिएको छ । 

 

नगरप्रमुख उदय बरबरिया यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दैनिक योग गर्ने योग साधकहरु, वडाअध्यक्ष तेजिलाल यादव, नागेन्द्र मण्डल, वडा सदस्यहरु, सत्यनारायण यादव, उपेन्द्र ठाकुर, सुशील साह, रामछबिला यादव लगायत सहिदनगर अन्तर्गत रहेका विद्यालयका शिक्षक, प्रहरी, आयुर्वेद परिवार, योग समिति शहिदनगरका प्रतिनिधि एवं स्थानीयहरुको सानदार सहभागिता थियो ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस