• २०७६ श्रावण १ गते, बुधबार
१२:१५ am

जनकपुरमा श्रृंखलावद्ध ९ ग्याँस सिलिण्डर विस्फोट, ३ होटल जलेर नष्ट !

होटलमा होटलका कामदारहरु पनि बस्दै आएका थिए भने यस घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको एक होटलमा श्रृंखलावद्ध रुपमा ९ वटा ग्याँस सिलिण्डर विस्फोट भएको छ । 


विहिबार (आज) विहान करिब ३ः०० बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ कदमचोक स्थित रहेको गोविन्द मिष्ठान भण्डार (बाबाजीको होटल) र छेउमै रहेको अर्को दुई होटल समेत गरी ३ होटल (भोजनलाय) जलेर पूर्णरुपमा नष्ट भएको छ । होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट भएर आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

 


यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएका छन् । प्रत्यदर्शीहरुका अनुसार कदमचोकको निलम सिनेमा हल अगाडी रहेको गोविन्द मिष्ठान भण्डार र छेउमै रहेको बाँकी दुई होटल जलेर पूर्णरुपमा नष्ट भएको छ । होटलको आगलगीबाट लाखौंको क्षति भएको बताइएपनि यकिन भने गर्न सकिएको छैनन् । 

 


पहिले एक सिलिण्डर विस्फोट भएपछि आगो लागेको तथा त्यसपछि निरन्तर रुपमा केही मिनेटको अन्तरालमा गरी जम्मा ९ वटा सिलिण्डर विस्फोट भएको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार श्रृंखलावद्ध रुपमा करिब ५ मिनेटको अन्तरालमा ९ पटक ठुलो आवाज आएको छ । हालाकी ९ वटै सिलिण्डर विस्फोट भएको भनेर प्रशासनले पुष्टि गर्न सकेको छैनन् ।

 


घटना भएलगत्तै केही बेरमा जनकपुरधाम उपमहानगरपालिकाको बारुणयन्त्र आएपछि रित्तै आएपछि आगो झन बढेको थियो । दमकलमा पानी नै नलिएर आएपछि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैनन् । दमकल आएपनि पुनः पानी भर्नको लागि गएपछि आगो बढदै गएको र छेउछाउमा झन बढदै गएको प्रत्यदर्शीहरुले बताएका छन् । 

 


प्राथमिक जानकारी अनुसार विद्युत सर्ट सर्किट भएर आगो लागेको बताइएपनि यसको अधिकारीक पुष्टि भने हुन सकेको छैनन् ।  । घटनास्थलमा प्रहरीको टोली पनि पुगिसकेको जनाइएको छ ।  होटलमा होटलका कामदारहरु पनि बस्दै आएका थिए भने यस घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस