महोत्तरी औरही नपामा साबुन बनाउने सम्बन्धी १४ दिने तालिम सुरु

२०७६ असार ४ बुधबार
रति ८:०२ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा साबुन बनाउने तथा फैक्ट्री सञ्चालन सम्बन्धी १४ दिने तालिम सुरु भएको छ । 

 

औरही नगरपालिका वडा नं. ९ मा औरही नगरपालिकाको सहयोग तथा उज्यालो नेपालको आयोजनामा तालिम सुरु भएको हो ।

 

बुधवारदेखि सञ्चालन भएको तालिममा स्थानीय विपन्न, दलित, सीमान्तकृत, अल्पसंख्यक, समुदायका महिलाहरुलाई सहभागिता गराइएको छ ।

 

गैर सरकारी संस्था उज्यालो नेपालका अध्यक्ष शत्रुधन महतोको अध्यक्षता एवं वडा ९ का वडाध्यक्ष गौरी शंकर झाको प्रमुख आतिथ्यमा तालिमको शुभारम्भ गरिएको हो । 

 

कार्यक्रमलाई उद्घाटन गर्दै वडाध्यक्ष झाले यस तालिमबाट विपन्न महिलाहरुलाई उनीहरुको जीवन उकास्न मद्दत गर्ने विश्वास लिए । २ हप्ते तालिमबाट सहभागी महिलाहरुले आफ्नो जीविका सहज बनाउन सकिने विश्वास व्यक्त गरे ।

 

वडाध्यक्ष झाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र साह लगायत स्थानीय बुद्धिजीवीको सहभागिता थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७६ असार ४ बुधबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus