SYN ले जलायो लोकसेवाको बिज्ञापन, कडा संघर्षमा जाने चेतावनी !

आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ ।

२०७६ असार ३ मंगलबार
रति ८:२० बजे

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरुको संगठन सिरहा युवा संजाल (एसवाईएन) ले लोकसेवा आयोगले गरेको बिज्ञापन जलाएका छन् ।

 

एसवाईएनले सिरहाको गोलबजारस्थित पूर्वपश्चिम राजमार्गमै मंगलबार आयोगको बिज्ञापन जलाउनुका साथै बिज्ञापनविरुद्ध प्रदर्शन समेत गरेका छन् ।

 

लोकसेवा आयोगले आरक्षण कोटा हटाएको भन्दै चौतर्फी विरोधका बाबजुद पनि सरकार आफ्नो अडान कायमै राखेपछि संजालका युवाहरु एक्सनमा उत्रिएका हुन् ।

 

लोकसेवा आयोगले समावेशी सिद्धान्तलाई खिल्ली उडाउँडै र विभेदपूर्ण बिज्ञापन निकालेको भन्दै विरोध स्वरुप बिज्ञापन जलाएको संजालले जनाएको छ । उनीहरूले बिज्ञापन जलाउँदै सरकार र आयोग विरुद्ध चर्को नारा समेत धन्काएको संजालका अध्यक्ष नागेश्वर रायले जनाए ।

 

लोकसेवा आयोगले जारी गरेको बिज्ञापन तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

 

लोकसेवा आयोगको बिज्ञापन असंवैधानिक रहेकोे भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले आफ्नो अडान कायमै राखेको छ भने मधेशमा आन्दोलनका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७६ असार ३ मंगलबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }