जनकपुरधाममा ६ दिने आयमूलक तालिम सुरु

पैसालाई लाख र करोडमा बदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम बनेर जीविकोपार्जन गर्ने अनगिन्ती छन् ।

२०७६ असार ३ मंगलबार
दिउसो २:३७ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ६ दिने आयमूलक तालिम सुरु भएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ को सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा ६ दिवसीय तालिम सुरु भएको हो ।

 

सहकारी मूलतः न्यून आय भएका गरिब तथा विपन्न परिवारका लागि थोरै थोरै बचत गरी ठूलो धनराशि निर्माण गरी स्वरोजगारी सिर्जना कसरी गर्ने उपर केन्द्रित रही तालीम सँचालन गरिएको छ । 

 

कार्यक्रमको समुद्घाटन सत्रका विशिष्ट अतिथिको रुपमा सहभागी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत ओम नारायण झाले गाईभैँसीपालन, कुखुरापालन, बंगुरपालन, वेमौसमी तरकारी खेती, च्याउ खेतीजस्ता आयमूलक व्यवसाय गरी निर्धन व्यक्ति तथा परिवारको आर्थिक अवस्था उकास्न सहकारी संस्था अत्यन्तै महत्वपूर्ण सावित भएका बताएका छन् ।

 

हाल देशमा करिब २६ हजार ५ सयवटा भन्दा बढी सहकारी सस्ंथा छन् । जसले कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान गरेको छ । सहकारीकै माध्यमबाट ग्रामीण विपन्न महिलाहरू आयमुलक कार्यगरी आर्थिक रूपमा सबल बन्दै सफल व्यवसायीसमेत बनेका छन् । 

 

आमा समूह, महिला समूहजस्ता संगठित संस्था खोलेर रुपैयाँमा छरिएर रहेका पैसालाई लाख र करोडमा बदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम बनेर जीविकोपार्जन गर्ने समूह अनगिन्ती रहेको नेपाल केन्द्रीय मतस्य सहकारी संघका उपाध्यक्ष संजय साहले बताए । 

 

कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत सहभागी साहले तालिममा सिखेको ज्ञान व्यवहारमा उतार्न सबैलाई आग्रह गरे ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ असार ३ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus