• २०७६ कार्तिक ६ गते, बुधबार



वन संरक्षण गरौं, होईन भने विदेश झैँ गर्मीको शिकार हुनेछौं : मन्त्री राय

५औं चुरे दिवसको अवसरमा धनुषाधाम संरक्षित वनमा मन्त्री रायले विरुवा रोपन गरेका हुन् ।

न्यूज ब्यूरो, धनुषा । ५औं चुरे दिवसको अवसरमा धनुषाधाममा विरुवा रोपन गरिएको छ । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन, तथा वातावरणमन्त्री राम नरेश रायले धनुषाधामस्थित रहको संरक्षित वनमा विरुवा रोपन गरेका हुन् ।

 

विरुवा रोपन कार्यक्रममा मन्त्री रायले मन्तव्यका क्रममा चुरे क्षेत्रमा अनियन्त्रित रुपमा वस्ती बसाउने गरिएका कारणले गर्दा चुरे क्षेत्र जोखिममा परेको जिकिर गरेका छन् । मन्त्री रायले चुरे क्षेत्रमा वन जंगल मासेर सकुम्वासीको नाउमा मानव बस्ती बसाउने कार्य भईरहेकोप्रति दुःख जनाउँदै चुरे क्षेत्रमा मानव वस्ती बसाउने कार्य नरोकिएसम्म चुरे संरक्षण हुन नसक्ने बताए ।

 

वन संरक्षणमा सबैले लाग्नुपर्ने आवश्यकता रहेको उनले औल्याए । मन्त्री रायले नेपालीहरुले वन संरक्षणमा जोड नदिए विदेश झैँ उच्च तापक्रमको शिकार हुनुपर्ने भन्दै सचेत गराए ।

 

चितवनदेखि धनुषासम्मका आठ जिल्लामा रहेको सात लाख २३ हजार आठ यस ४२ हेक्टर चुरे वन क्षेत्र मध्ये ११ हजार ३ सय ६८ हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । 

 

चुरे क्षेत्रमा हुने बनफडानी, गिटीबालुवा उत्खनन् र दोहनको कारण तराईमा वर्षै्िपच्छे पानीको मुहान सुक्दै जानुको साथै नदी कटान, भूक्षय र जमीनको उर्वरा शक्ति समेत घट्दै गएको छ ।

 

राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल सहभागी थिए ।

 

त्यसैगरी, अतिथिका रुपमा निति आयोगका सदस्य डा. सुरेन्द्र झा, जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादव, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, प्रदेश नं. २ संसदीय दलका नेता रामचन्द्र मण्डल, डेफो अशोक झा, धनुषाधाम संरक्षित वन अधिकृत शंकर नारायण झा, मिथिला वल्र्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियार, उपमेयर विद्यादेवी भुजेल, नेकपा जिल्ला सचिव दिपक यादव, समावादी पार्टी नेपाल जिल्ला उपाध्यक्ष ज्ञान कुमार यादव, समाजवादीका नगर अध्यक्ष बिनोद यादवलगायत विभिन्न व्यक्तित्वहरुको जोडदार उपस्थिति थियो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...