महेन्द्रनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

नगर प्रमुख पजियारले संचार संस्था र संचारकर्मीहरुको अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

२०७६ असार ३ मंगलबार
दिउसो १:४१ बजे
बिनय कुमार यादव, धनुषा

न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सोमवारदेखि सुरु भएको एक हप्ते पत्रकारिता तालिम आईतवार सम्पन्न भएको छ । 

 

क्षीरेश्वरनाथ नगरपालिकाको सहयोग र गौना संचार समुहको आयोजनामा गरिएको पत्रकारिता तालिम आईतवार सम्पन्न भएको हो ।

 

तालिमबाट यस क्षेत्रमा नयाँ सँचारकर्मीहरु थपिने र पत्रकारिताको विकास हुने नगर प्रमुख योगेन्द्र पजियारले विश्वास व्यक्त गरेका छन् । उनले संचार संस्था र संचारकर्मीहरुको लागि नगरपालिकाले यस्ता किसिमको सहयोग गरी क्षमता अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

स्थानिय स्तरमा विभिन्न रेडियो पत्र–पत्रिकाहरुलाई मध्यनजर गर्दै जनशक्तिको आवश्यकता बुझि गौना संचार समुहद्वारा सुरु गरिएको आधारभुत ७ दिने पत्रकारिता तालिममा सहभागीहरुलाई प्रमुख अतिथी पजियारबाट प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा संचालित ७ दिने अधारभुत पत्रकारीता तालिममा जम्मा ३५ जनाले सहभागिता जनाएका थिए । 

 

तालिममा प्रशिक्षकको रुपमा पहिलो दिन स्थानिय खवर दर्पणका सम्पादक अजय साह, दोस्रो दिन राजन सिंह, तेस्रो दिन नविन सिंह नेपाली र बाँकी दिन ए–वान मिडिया काठमाण्डौंबाट आएका भागिरथ पोखरेलद्धारा प्रशिक्षण दिइएको थियो । 

 

यस तालिममा ७ दिन सम्म प्रशिक्षण दिएका खवरदर्पणका सम्पादक अजय साह, पशिक्षक राजन सिंह र भागिरथ पोखरेललाई गौणा संचार समुहको तर्फबाट कदरपत्र दिइएको छ भने क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारलाई दुधमती एफ.एम. १०४ मेगाहर्जका संचालक अनिल कुशवाहाद्धारा मायाको चिनो स्वरुप जानकी मन्दिरको चिनो प्रदान गरिएको छ । 

 

कार्यक्रममा सरसफाईको फोकल परसन विजय यादव लगायत, स्थानीय बुद्धिजीवी, समाजसेवी, नागरिक समाज लगायत अभिभावकहरुको उपस्थिती थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ असार ३ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus

} }