• २०७६ श्रावण १ गते, बुधबार
१२:४७ am

आत्मरक्षा तालिममा अपेक्षाभन्दा बढी सहिदनगरकी किशोरीहरु ओर्लिन : मेयर बरबरिया

सहभागी सयौं छात्राहरुले आत्मरक्षा तालिमको लागि उत्सुक्ता देखाएकी तथा तालिमको क्रममा खुसी जाहेर गरेकी बताइएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगरका मेयर उदय कुमार बरबरियाले नगरकी किशोरीहरु आत्मरक्षा तालिममा अपेक्षाभन्दा बढी सहभागीता जनाएको बताएका छन् । 

 


शहिदनगर नगरपालिकाको सहयोग तथा जन बिकास केन्द्र जनकपुरधामद्वारा शहिदनगर नगरपालिकाको विभिन्न समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिमको लागि बोलाएपछि अपेक्षा भन्दा बढी आएकी दाबी मेयर बरबरियाले गरेका छन् । जनता एकाई उच्च मावि, उच्च मा.वि धवौलि लगायतका सामुदायिक विद्यालयका किशोरीहरुले आत्मरक्षा तालिमको लागि तत्पर देखिएको जीकिर गरे । 


प्रदेश नं. २ का प्रदेश खेलकुद संयोजक (गुरु) बैधनाथ यादवको अध्यक्षता तथा मेयर बरबरियाकै प्रमुख आतिथ्यमा संचालन गरिएको सेल्फ डिफेन्स तालिमलाई निरन्तरता दिंदै नियमित अनुमगन तथा नीरिक्षण समेत गरिएको हो । अनुगमनको क्रममा किशोरीहरुले अपेक्षाभन्दा बढी उत्साहित यस तालिमको लागि रहेको बताइएको छ । 

 

 

महिला हिंसा विरूद्ध छात्राहरूको लागि आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेर मेयर बरबरियाले नगरभित्र मात्र नभई चौतर्फी रुपमा प्रशंसा कमाएका हुन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, उच्च मा.वि. धवौलिका प्रधानाध्यापक श्रीप्रसाद गोहिवार यादव ,सशस्त्र प्रहरी सुरक्षा वेस यदुकुहाका वेसपति  किसमान तामाङ्ग, ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक भीम बहादुर खडका लगायतको टीमले नियमित रुपमा तालिमको नीरिक्षण गर्दै आएका छन् ।

 

जीवनको लागि आत्मरक्षा, स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद, पहिचानको लागि खेलकूद मूल नारा सहित अनुगमनमा गएका टोली सदस्यहरुले शहिदनगरमा विकासको सुन्दर पक्षमध्ये खेलकूद पूर्वाधारको सम्भवता समेत दर्साएको बताएका छन् । सहभागी सयौं छात्राहरुले आत्मरक्षा तालिमको लागि उत्सुक्ता देखाएकी तथा तालिमको क्रममा खुसी जाहेर गरेकी बताइएको छ । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस