जनकपुरको मिल्स एरिया तनावग्रस्त !

उनीहरुले समयमै बाटोको जीर्णता उद्धार गर्नुपर्ने चेतावनी दिदै बाटो अवरुद्ध गरेका हुन् ।

२०७६ असार २ सोमबार
बिहान ११:२३ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको मिल्स एरिया भन्ने चोक अहिल तनावग्रस्त बनेको छ ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरिया स्थित रहेको रेल्वे लिकदेखि शिवपुर जाने बाटो अत्यधिक जीर्ण भएको भन्दै बाटो सुधारको लागि स्थानीयहरु सडकमा आएका छन् । उनीहरु बाटो मर्मत सम्भारको माग गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

 

जनकपुरको मिल्स एरियादेखि बेंगाशिवपुर जानेबाटो जीर्णताका कारण बर्षायाममा हिडन सक्ने अवस्था नरहने तथा विभिन्न समयमा दुर्घटनाको शिकार आम सर्वसाधारणहरु भईरहेको भन्दै बाटो सुधारको लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई स्वयंम उपस्थित हुन स्थानीयहरुले माग गरेका छन् । 

 

उनीहरुले हातमा प्लेकार्ड बोकेर "मेयर आउनृपर्छ, वस्तुअवस्था बुझनुपर्छ" - भन्ने नारा सहित स्थानीय जनप्रतिनीधिको पनि विरोध गर्दै चक्काजाम समेत गरेका हुन् । असार चढेपनि यसपाली बाटो सडक बनेन भने बर्षायाममा घरम बस्नुपर्ने अवस्था समेत रहने नगरेको भन्दै उनीहरुले समयमै बाटोको जीर्णता उद्धार गर्नुपर्ने चेतावनी दिदै बाटो अवरुद्ध गरेका हुन् ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

देश समृद्धका लागि युवाको अहम भूमिका हुनुपर्छः सांसद प्रभु साह

  • २०७६ असार २ सोमबार

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नव वर्ष २०८१को शुभ अवसरमा आयोजित  नयाँ बर्ष युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।  गृहजिल्ला रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५  पार्क

पूरा पढ्नुहोस्

Bureau Menus