मन्त्री ज्यू ! माला र फोटोको मोहले मानवता मार्नु भो ?

जोगेन्द्रसँग न्याय हुनुपर्छ र त्यसको लागि जनकपुरका जागरुक युवाहरुले एकजुट हुनैपर्छ ।

२०७६ असार १ आइतबार
बिहान ०९:५६ बजे
सम्पादक
तस्विर साभार : लाईभमधेशबाट


सम्पादकीय । मन्त्री ज्यू, यस्तो पनि हुन्छ र ? मालाको यतिको मोह लाग्यो तपाईलाई की एक दुःखियाको पीडाको आवाजलाई महसुस नै गर्न सक्नुभएन ? हो,  अहिले जनकपुर अञ्चल अस्पतालमा चिकित्सककै लापरवाहीका कारण एक महिलाको होस ४ दिनदेखि खुल्न नसकेको भनेर चर्चा पाएको छ । विभिन्न सँचारमाध्यमहरुमा जनकपुर अञ्चल अस्पतालका डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पाठेघर नै फाल्नुपरेको भनेर आरोप लगाइएको छ । 


व्यथा लागेपछि बटेश्वर गाउँपालिका ४ शान्तिपुरकी पुनिता यादव जेठ २८ मा अंचल अस्पताल जनकपुरमा भर्ना भइन् । सुरुमा चिकित्सकले नर्मल रुपमै डेलेभरी हुने भन्यो । पछि अप्रेशन गरेर मात्र बच्चा जन्मिने बतायो । अभिभावक सहमत भए । अप्रेशनपश्चात् पुनिताले छोरी जन्माइन् ।

 

अप्रेशन गर्दा अत्यधिक रक्तस्राव भए पनि पुनिता बेहोस् भइन्। कुरुवाको रुपमा रहेका उनका ससुरा जोगेन्द्र यादव चिन्तामा डुबे। रक्तस्रोव नरोकिदा पुनिता पीडाले बोल्न पनि नसक्ने अवस्थामा पुगिन्। चिकित्सकले उनका ससुरालाई भन्यो– ‘पाठेघर फालेपछि मात्र रक्तस्राब बन्द हुन्छ। बाध्य भएर ससुरा जोगेन्द्र फेरि सहमत भए। र पुनिताको पाठेघर निकालेर चिकित्सकले फाले।’


अहिलेसम्म बच्चालाई पनि आइसियु कक्षमै अस्पतालले राखेको छ। यसरी लापरबाही गर्ने चिकित्सक उल्टै धाकधम्की लगाउने गरेको ससुरा जागेन्द्रको गुनासो छ। यस्तो किन भएको भनेर सोध्दा हप्काउने गरेको भनेर प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञान कुमार यादवलाई सुनाउँछन् । तर, मन्त्री यादवले उनको कुरामा रतिभर पनि ध्यान दिन सकेनन् । सत्तामोह र कार्यक्रमको माला मोहले मन्त्री यादव उनको कुरालाई खयाल नै गरेनन् । 

 

अस्पतालमा शनिबार धनुषा चेम्बर अफ कमर्सले ‘वाटर डिस्पेन्सर’ हस्तान्तरण कार्यक्रम राखेका थिए । प्रमुख अतिथि थिए– प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव। कार्यक्रम चलिरहेकै बेला जोगेन्द्रले मन्त्री आएको कसैबाट जानकारी पाए। उनी दौडेर कार्यक्रम चलिरहेको पछाडि आइपुगे। धेरैले उनलाई घेर्न खोजे। 


पछि मन्त्री यादवले के भयो भनेर बुझे। त्यसपछि मन्त्रीले जोगेन्द्रलाई बोलाएर घटनाबारे जानकारी लिए । घटना सुनाइरहँदा जोगेन्द्रको आँखा रसायो। रोइकराइ गरेर चिकित्सकको लापरबाही विषयमा मन्त्री समक्ष कुरा राखे । तर मन्त्री यादवले यस घटनालाई गम्भिरता पूर्वक लिनुपर्नेमा साधारण रुपमै लिएर कार्यक्रम र तस्विरको माला मोहले मावनता र कानुन हराएको भनेर प्रमाणित गरे । 

 

जोगेन्द्रसँग न्याय हुनुपर्छ र त्यसको लागि जनकपुरका जागरुक युवाहरुले एकजुट हुनैपर्छ । विभिन्न समयमा अञ्चल अस्पतालमा यहाँकै युवाहरु राजनीति गरेर घर पनि नबनाएका होईनन, तर निष्पक्ष रुपले यस्ता घृणित कार्यहरुको विरोध पनि उत्तिकै जरुरी छ । हप्तैपिच्छे युवाहरुको एक क्रान्तीकारी समूह, ग्रुप गठन भएपनि गैर सरकारी सँस्था जस्तो विभिन्न निकायबाट रकम कुम्ल्याउने उदेश्य मात्र राखेको देखिएको छ । के जोगेन्द्रले पाउँला त न्याय , जागरुक युवा महानुभावहरु ? 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ असार १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus

} }