जनकपुरका साधु सन्त, महन्थहरु आज जनकपुर तताउने 

यस अघि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पनि गुठी विधेयक फिर्ता नलिए देशमा प्रलय आउने चेतावनी दिएका थिए ।

२०७६ असार १ आइतबार
बिहान ०८:३४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको विभिन्न मन्दिरका साधु सन्त तथा महन्थहरुले आज जनकपुरमा वृहत प्रदर्शन गर्ने भएको छ । 

 

सरकारले ल्याएको गुठी विधेयक विरुद्ध जनकपुरका साधु महन्थहरु पनि आन्दोलित भएका छन् ।  महन्थहरुले भेला गरेर आईतवार (आज) जनकपुरमा वृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । विहान ११ बजे गुठी विधेयक विरुद्ध प्रदर्शन गरिने महन्थहरुले जनाएको छ ।

 

 प्रदर्शन पश्चात थप आन्दोलनको कार्यक्रम गरिने एक महन्थले बताए । उनका अनुसार सरकारले सनातन तथा हिन्दु धर्म समाप्त पार्ने खालको गुठी विधेयक ल्याउन लागेकाले कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।

 

यस अघि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पनि गुठी विधेयक फिर्ता नलिए देशमा प्रलय आउने चेतावनी दिएका थिए ।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएपछि विवादित बनेको छ । सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन नकुरी विधेयक ल्याइएको थियो । दुई साताअघि मात्रै विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग गठन भएको थियो ।

 


विधेयकको दफा ५२ मा गुठी तैनाथी जग्गासम्बन्धी व्यवस्था छ जुन गुठी संस्थानले दिएको सुझावअनुसार छैन । संस्थान स्रोतका अनुसार मोहीले जग्गा रैतान गर्दा शतप्रतिशत शुल्क लाग्ने व्यवस्था गर्न सुझाव दिइएको थियो । तर २५ प्रतिशत मात्र रकम तिरेर रैतानी गर्न सक्ने व्यवस्था राखिएको छ । गुठीको जग्गामा मोहियानी हक लाग्दैनथ्यो । रैतानी हुनुपर्छ भनेर जग्गा कमाउनेले आवाज उठाएपछि २०२९ सालमा मोहियानी प्रवेश पायो ।

 


विधेयकको दफा ५४ मा गुठियारको हक समाप्त हुने व्यवस्था छ, जुन साविक गुठी ऐनकै व्यवस्था यता सरेको उल्लेख छ  ।  गुठी संस्थान ऐन २०३३ को दफा १९ मा भएको व्यवस्था यता सारिएको हो । गुठी संस्थान ऐन २०३३ को दफा १९ मा छुटगुठीको हक दायित्व संस्थानमा सर्ने व्यवस्था छ । उक्त दफामा ‘सबै छुटगुठी राज गुठीमा परिणत भई त्यस्तो छुटगुठीको चल अचल जायजेथा, देवमूर्तिसमेत उपर छुटगुठीको भइराखेको सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्ता छुटगुठीका गुठियार खान्गीदारको सबै हक अधिकार समाप्त हुने’ उल्लेख छ । विधेयकमा गुठी लगायतको जग्गाको घर बहालवालाको हक समाप्त भइ प्राधिकरणको हुने उल्लेख छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७६ असार १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus